
जुम्ला । हिमपातका कारण फागुन १८ गतेदेखि जुम्लाको तातोपानी गाउँपालिका ४ स्थित गिडिदह बजेडी पाटनमा अलपत्र परेका ८ जनालाई हेलिकोप्टरबाट उद्धार गरिने भएको छ ।
तातोपानी गाउँपालिका अध्यक्ष नन्द प्रसाद चौलागाँईले उनीहरूको उद्धार गर्न हेलिकोप्टर जुम्ला आउने जानकारी दिए ।
प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले हेलिकोप्टर जुम्ला सदरमुकाम आएपछि लोकेशनको जानकारी दिएर पाटन पठाउने जानकारी दिए ।
घरबाट लगेको खाना सकिएको र घर फर्कन पनि नसकेको भन्दै उनीहरुले उद्धारको आग्रह गरेका थिए ।
तातोपानी ७ बारागाउँका ५ महिला र तातोपानी ८ मछालदेउगाउँका २ पुरूष एक महिला गरि ८ जना फसेका छन् ।
काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...
काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...