नेकपा एसबाट भानुभक्त र धनबहादुरलाई मन्त्री बनाउन सिफारिस – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

नेकपा एसबाट भानुभक्त र धनबहादुरलाई मन्त्री बनाउन सिफारिस

काठमाडौं। नेकपा एकीकृत समाजबादीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको पुनर्गठित सरकारमा सुदूरपश्चिम र कर्णाली प्रदेशबाट प्रतिनिधित्व गर्ने दुई जना सांसदलाई मन्त्रीमा सिफारिस गरेको छ।

नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले सरकारमा सहभागी हुन प्रतिनिधि सभामा पूर्वसभामुख समेत रहेका बझाङका भानुभक्त जोशीलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री र डोल्पाका धनबहादुर बुढालाई शहरी विकास मन्त्रीमा सिफारिस गरेका हुन्।

प्रधानमन्त्री दाहालको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार नेकपा एमालेका ७ जना, नेकपा माओवादी केन्द्रका ५ जना र राष्ट्रिय स्वतन्त्र पार्टीका ३ जनालाई थपेर मन्त्रिपरिषद् सदस्यको सपथ ग्रहण गराएका थिए।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० फाल्गुन २३, १८: ४२

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८० फाल्गुन २३, १८: ४२

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८० फाल्गुन २३, १८: ४२

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...