
काठमाडौं । नेपाल सरकारको परराष्ट्र मन्त्रालयको जिम्मेवारी पाएका नवनियुक्त उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठसँग भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गरेका छन्।
बिहिवार भएको भेटमा द्विपक्षिय हित र सहकार्यका विषयमा छलफल भएको बताइएको छ। राजदूत श्रीवास्तवले नवनियुक्त उपप्रधानमन्त्री श्रेष्ठलाई बधाई तथा शुभकामना दिएका छन् ।
उपप्रधानमन्त्री श्रेष्ठले बुधबार परराष्ट्र मन्त्रालयको पदभार सम्हालेका थिए। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको अघिल्लो गठबन्धनको सरकारमा श्रेष्ठ उपप्रधानमन्त्रीसहित गृह मन्त्रालयको जिम्मेवारीमा थिए। श्रेष्ठ माओबादीका वरिष्ठ उपाध्यक्ष पनि हुन्।


तस्बिरः प्रदीप राज वन्त
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...