
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली कांग्रेसलाई संसद्बाटै जवाफ दिएका छन् ।
बिहीबार बसेको संसद् बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने क्रममा उनले भने, “आफूसँग हुँदा इमान र अर्कोसँग जानेबित्तिकै बेइमान भन्ने हुँदैन ।”
अगाडि उनले भने, “हामी कतिपय राष्ट्रिय मुद्दाहरूमा फेरि पनि मिलेर अगाडि बढ्नुपर्छ । नेपाली कांग्रेसका नेताहरूलाई धन्यवाद दिएँ । संसद्मा भएका सबै दलहरूप्रति मेरो कुनै पूर्वाग्रह छैन । हामी मिलेरै अगाडि जानुपर्छ ।”
उनले कांग्रेसबाट केही आशङ्काहरू उठेपछि गठबन्धन फेरिएको बताए । “कांग्रेसबाट केही आशङ्का भएपछि यो अवस्था आएकै हो । अन्यथा होइन, मैले नेपाली कांग्रेसका नेताहरूलाई धन्यवाद दिएको छु,” उनले भने ।
यसअघि कांग्रेसले प्रधानमन्त्रीले सत्ता गठबन्धन फेरेर बेइमानी गरेको संस्थागत धारणा तय गरेको थियो ।
काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...
काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...