
काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर–२ मा आगामी निर्वाचनमा उम्मेदवार बन्ने घोषणा गरेका छन् ।
गोरखा क्षेत्र नम्बर-२ मा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड निर्वाचित भएका थिए । अहिले बाबुराम भट्टराईलाई माओवादीले चुनौती दिँदै गएपछि सोही क्षेत्र न.बाट बाबुराम भट्टराईले आगामी निर्वाचनमा उमेदावार बन्ने घोषणा गरेका हुन् ।
सामाजिक संजालमा भट्टराईले यस्तो अभिव्यक्ती दिएपछि एक पटक सामाजिक संजाल तातिएको छ । यसअघि आगामी निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका थिए । तर भट्टराईलाई मतदाताहरुको छलफल पश्चात सोही क्षेत्र न.बाट आगामी निर्वाचनमा सहभागी हुने निष्कर्षमा पुगेको नेसपाले जनाएको छ ।
नेसपा अध्यक्ष बाबुराम भट्टराई केही समय अघि लामो अवधिसम्म गोरखा यात्रामा पुगेर आइसकेका छन् । यस अघि भट्टराई निर्वाचित भएको क्षेत्र गोरखा–२ का मतदाताहरुसँग वृहत् छलफल भएको थियो । त्यसपछि मतदाताहरुको पृष्ठ पोषण पश्चात भट्टराईले आगामी निर्वाचनमा सोही क्षेत्रबाट उमेदवारी दिने निर्णय गरेका हुन् ।
प्रचण्डको अस्थिर राजनीतिको आलोचना गर्दै आएका भट्टराईले निर्वाचन आयोग र संसद सचिवालयलाई पत्र लेखेर आफ्ना दुई सांसदलाई नेसपाकै मान्यता दिन आग्रह गरेका छन् ।
गत वर्ष निर्वाचनमा बाबुरामको पार्टी नेसपा माओवादीको चुनाव चिन्ह्बाट लडेको थियो भने बाबुरामले नै प्रचण्डलाई गोरखा–२ मा आफ्नो क्षेत्र छाडेर चुनावमा विजय गराएका थिए । बाबुराम गोरखा–२ मा लोकप्रिय नेताका रुपमा चिनिएका छन् ।
काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...
काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...