
काठमाडौं । सपोर्टर क्लब फुटबल च्याम्पियनसिप सिरिज २०२४ को उपाधि आयोजक महादेव युवा क्लब ‘बी’ ले जितेको छ ।
नागार्जुन नगरपालिका वडा नं.७ स्थित गोतामथोक खड्कुले चौरमा शनिवार सम्पन्न मैत्रिपूर्ण फुटबल प्रतियोगितामा आयोजक क्लब विजयी भएको हो।
महादेव युवा क्लब, नागार्जुन नगरपालिका, नागार्जुन खेलकुद समिति, नागार्जुन पर्यटन र अध्ययन समिति तथा तारकेश्वर युवा क्लबको सहयोग च्याम्पियनसिप सिरिज २०२४ को आयोजना गरिएको थियो।
नागार्जुन नगरपालिका वडा नं. ७ स्थित पर्यटकीय स्थल काठमाडौंकै उच्च स्थानमा रहेको खड्कुले चौरको खेलमैदानको प्रचारप्रसार तथा स्तरोन्नती गर्ने उद्देश्यले एकदिने मैत्रीपूर्ण फुटबल प्रतियोगिताको आयोजना गरिएको थियो।
प्रतियोगितामा आर्सनल नेशनल क्लब दोश्रो भएको थियो। पहिलो हुनेलाई ट्रफी मेडलसहित नगद ३० हजार रुपैयाँ र दोस्रो हुनेलाई ट्रफी, मेडल र नगद १५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको थियो।
प्रतियोगितामा धेरै गोलकर्ता ‘बेष्ट प्लेयर’लाई ५ हजार र ‘बेष्ट गोलकिपर’ लाई ५ हजार नगद पुरस्कार प्रदान गरिएको थियो।

प्रतियोगितमा युरोपका चर्चित लिग क्लबको नेपालमा रहेका समर्थक समूहहरु चेल्सी नेपाल, आर्सनल नेपाल, म्यानचेष्टर युनाइटेड नेपाल, वार्सिलोना नेपालसँगै आयोजक महादेव युवा क्लबको २ वटा टिमले भाग लिएका थिए।
प्रतियोगिताको प्रथम तथा दोस्रो र अन्य सहभागीहरुलाई विशेष कार्यक्रमबीच नागार्जुन नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेतले प्रतियोगी र विजयी क्वल तथा खेलाडीलाई पुरस्कार तथा सम्मानपत्र प्रदान गरेका थिए।
सो अवसरमा नगर प्रमुख बस्नेतले खड्कुले चौरमा रहेको खेलमैदान स्तरोन्नतिको लागि नगरपालिकाले आगामी बजेटबाट १० करोड विनियोजन गर्ने घोषणासमेत गरे।
उनले नागार्जुन नगरपालिकाले खेलको लागि निकै महत्व दिँदै आएको जनाउँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रि खेलकुदका लागि नगरपालिकाले सक्दो आर्थिक सहयोग प्रदान गर्ने बताए।

प्रतियोगितामा उपमेयर सुशिला अधिकारी, वडा नं.७ वडा अध्यक्ष शैलेन्द्र लामालगायत १० वडाका वडा अध्यक्षले आर्थिक सयहयोग प्रदान गरेका थिए ।
नगरका अधिकांश वडा अध्यक्षको उपस्थिति रहेको प्रतियोगितामा राजनीतिक दलका नेताहरुको पनि सहभागिता थियो।

स्थानीय क्षेत्रका संघ, संस्थाका प्रतिनिधि, खेलप्रेमीहरुको पस्थिति रहेको कार्यक्रममा काठमाडौं जिल्ला समन्वय समितिका प्रमुख सन्तोष बुढाथोकीको सक्रिय सहभागिता र सहकार्य रहेको थियो।
त्यस्तै पूर्वजनप्रतिनिधिहरु राजेन्द्र बुढाथोकी, रमेशप्रसाद गौतम, कांग्रेस नेतृ रीता ढकाल, किरण गिरि, एमाले नेता, नन्दनहरि गौतमलगायतको उपस्थिति थियो।


ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...