
काठमाडौं । राज्य संचालनको उपल्लो पदमा पुग्नासाथ शक्तिको दुरुपयोग गर्दै राज्यको सम्पति दोहन गर्नेमाथि अख्तियारले एक पटक फेरि डण्डा चलाउने भएको छ ।
पदमा रहुन्जेल शक्तिको दुरुपयोग गर्ने र पदच्युत भएको भोलीपल्ट जेलको चिसो छिँडीमा पुग्ने निश्चित भए पनि भ्रष्टाचारको आरोप लागेकाहरु खुलम खुल्ला राज्यको सम्पत्तिमाथि मस्ती मारिरहेका छन् ।
त्यसको पछिल्लो उदाहरण हो टेरामक्स खरिद प्रकरणमा अनियमितता गरेर पनि अख्तियारले छानबिनमा ढिलाई गर्दा राज्य संचालनको उपल्लो तहमा पुगेकाहरुले राज्यको सम्पतिको दोहन गरिरहेका छन्।
टेरामक्स खरिदमा कमिसन लिएको, खरिद ऐन बमोजिम सामग्री खरिद नगरेको, आर्थिक अनियमितता गरेको विषय सार्वजनिक हुँदा समेत नेपाल सरकारका मुख्यसचिवलाई प्रधानमन्त्रीले जिम्मेवारीबाट मुक्त गर्न सकेका छैनन् ।
टेरामक्स प्रविधिको उपकरण खरिदमा अनियमितताको आरोप लागेका निवर्तमान स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेत, पूर्वसञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित ९ जनामाथि अख्तियारले छानबिन गरिरहेको छ।
बस्नेत यसैसाता मन्त्रीमण्डल पुनर्गठनसँगै पदबाट मुक्त भएका छन् । पूर्वमन्त्री बस्नेत र कार्की दुबैजना नेपाली कांग्रेसका केन्द्रीय सदस्य हुन् । उनीहरु कांग्रेस सभापति शेरबहादुर देउवा निकटका हुन्।
त्यसैले उनीहरुमाथि अख्तियारले पटक पटक बयानका लागि टङ्गालमा बोलाई सकेको छ। स्वास्थ्य मन्त्री हुँदै गर्दा बस्नेत मन्त्रीकै गाडीमा झण्डा हल्लाएर अख्तियार पुगेका थिए ।
शक्तिको आड भरोसामा उनलाई अख्तियारले नियन्त्रणमा लिनुको सट्टा बयान लिँदै हाँजिर गराएर छाडेको छ । उता देउवाका विश्वास पात्र समेत रहेका कार्कीले अख्तियारमा बयान दिन समेत आनाकानी गरिरहेका छन् ।
टेरामक्स प्रकरणमा मुख्यसचिव अर्यालले कमिसन प्राप्त गर्न तेश्रो व्यक्तिको खाता नम्वर उपलब्ध गराएको, कमिसन लिएको कागजातहरु मिडियामा छरपष्ट हुँदा पनि प्रधानमन्त्रीले जिम्मेवारी मुक्त नगर्नु र अख्तियारले समेत मुद्धा दर्तामा ढिलाई गर्नुले शंका उब्जिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम राईले गत साता सार्वजनिक लेखा समितिको बैठकमा भ्रष्टाचारका विषयमा टेरामक्स प्रकरणमा छानबिनज भइरहेको र अनुसन्धान अन्तिम चरणमा पुगेको बताई सकेका छन् ।
अर्यालमाथि टेरामक्सवाहेक सेक्युरिटी प्रेस खरिद प्रकरणमा भ्रष्टाचार अभियोग लागेर अदालतमा मुद्दा विचाराधीन रहेका र गैरकानुनी सम्पत्तिसहित दर्जन कसुर लागेका विकल पौडेलसँग आर्थिक कारोबार गरेका तथ्यहरू सार्वजनिक भएका छन् ।
अर्यालले सुरक्ष(ा मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक पौडेलसँग दुई पटकमा गरी १४ लाख रुपैयाँ तेस्रो व्यक्तिको बैंक खातामार्फत बुझेको खुलासा भएको थियो ।
२०७८ साउनमा सञ्चार सचिवमा सरुवा भएका अर्यालले विकल पौडेललाई अनुकूल हुने गरी मापदण्ड संशोधन गरी सुरक्षण मुद्रण केन्द्रमा कार्यकारी निर्देशकमा पुनः नियुक्तिका लागि बाटो खोलिदिएका थिए ।
अर्याललाई दाहालको आशिर्वाद
मुख्यमन्त्री डा. वैकुण्ठ अर्याललाई प्रधानमन्त्री पुष्पकमल दाहालको आशिर्वाद र संरक्षण रहेको जानिफकारहरु बताउँछन् । गत असारमै सचिवबाट नियमित अवकाशमा जान लागेको अर्याल गतवर्ष चैतमा संचारबाट प्रधानमन्त्री कार्यालयमा सचिवकै हैसियतमा सरुवा भए।
प्रधानमन्त्री दाहालसँग कुटिल सम्वन्ध गाँस्दै उनीसँग नजिक भए । अर्याल प्रधानमन्त्री दाहालसँग नजिक मात्र भएनन् कि उनका स्वार्थ अनुकूलका काममा साथ, सहयोगका साथै समर्पणकै नीति अपनाए।
अनि षडयन्त्रपूर्ण तरिकाले वहालवाल मुख्यसचिव शंकरदास बैरागीलाई चार महिना कार्यकाल छँदै राजीनामा दिन बाध्य बनाए ।
अर्यालकै डिजाइनमा प्रधानमन्त्री दाहालले अर्याललाई मुख्यसचिव बनाउने स्वार्थ बमोजिम नै बैरागीलाई प्रधानमन्त्री दाहालले मुख्यसचिवबाट राजिनामा दिन बाध्य गराए ।
अर्यालको मुख्यसचिव नियुक्ति गर्ने प्रक्रियालाई षडयन्त्रको रुपमा निजामति सेवामा लिइएको थियो । मुख्यसचिव वैकुण्ठ अर्याललाई राजिनामा दिएर अनुसन्धानलाई सहयोग गर्न प्रधानमन्त्री दाहालले दबाब दिएको भनेर हल्ला वाहिर ल्याइयो।
त्यसको स्वतन्त्र पुष्टि हुन सकेको छैन भने प्रधानमन्त्रीको सचिवालयले औपचारिक भनाई सार्वजनिक गरेको छैन। प्रधानमन्त्री दाहालले चाहेमा मुख्यसचिव अर्यालले राजिनामा नदिए तत्काल जिम्मेवारीविहिन गर्न वा उनलाई बिदामा राख्न सक्दथे।
टेरामक्सको आरोप घाँटीमा झुण्ड्याएर हिँडेका कमजोर धरातलमा रहेका अर्यालाबाट सजिलै काम लिन प्रधानमन्त्रीले उनलाई नहटाएको चर्चा वालुवाटारमा हुने गरेको छ।
कमजोर मुख्य सचिव अर्यालकै हातबाट प्रधानमन्त्री दाहालले दलिय स्वार्थका केही महत्वपूर्ण निर्णय गर्दैछन्। त्यसको पछिल्लो उदाहरण हो, विहीबार २६७४ जना शसस्त्र युद्धमा मारिएकाहरुलाई सहिद घोषणाको निर्णय।
दाहालले हरेक विवादमा मुछिएका वा तानिएका व्यक्तिको मिडिया ट्रायल गरिरहेका छन्।
उनले वाहिर मिडियामा अर्याललाई बिदा वस्न वा राजिनामा दिन प्रधानमन्त्रीले सल्लाह दिएको भनी ‘झुटो सन्देश’ प्रवाह गरी त्यसले सरकारमाथि कति दबाब पर्छ भनी परिक्षण गरिरहेका छन्।
तर अख्तियारलाई यतिधेरै दबाब छ कि टेरामक्समा अख्तियार अनदेखा गर्ने हो भने अख्तियारको क्षवि र विश्वस्नियतामाथि नै प्रश्न उठ्दैछ।
सम्भवत टेरामक्स प्रकरण राजनीतिक प्रतिशोध साँध्न समेत अघि बढाउन अख्तियारले तयारी गरिरहेको छ ।
कार्की र बस्नेतलाई देउवाको संरक्षण
पूर्वसंचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्की र निवर्तमान स्वाथ्य मन्त्री मोहनबहादुर बस्नेतले अख्तियार सामु आप्mनो दम्भ र सान देखाएका छन् ।
कार्कीलाई अख्तियारले बयानको लागि बोलाउँदा समेत उनले धेरै पटक अटेर गरेका थिए । बस्नेत भने मन्त्रीको झण्डावाल गाडी लिएरै अख्तियारमा बयान दिन जान्थे। दुबै कांग्रेसका केन्द्रीय सदस्य मात्र होइन, देउवापत्नी डा.आरजु राणा देउवाका ‘ज्वाई राजा’ पर्छन्।
राणाको ज्वाईं भएकोले कसैले छुन नसक्ने कार्की र बस्नेतको दाबी छ। त्यसमा पनि उनीहरुले अख्तियारका आयुक्त जयबहादुर चन्दले आफूहरुलाई बचाउने भन्दै कांग्रेस बृत्तमा भन्न थालेका छन् । (नयाँ विकल्पबाट)
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...