सुशासनको दाबी गर्ने सरकारमा चार उपप्रधानमन्त्री ! – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

सुशासनको दाबी गर्ने सरकारमा चार उपप्रधानमन्त्री !

काठमाडौं । सुशासन, समृद्धि र आर्थिक सुधारको उद्देश्य लिएर पुनर्गठीत पाँच दलीय गठबन्धनको पहिलो गाँसमै ढुंगा लागेको छ।

सुशासनको दुहाई दिने एमाले, माओबादी, रास्वपा, जसपा र नेकपा एस संलग्न वर्तमान नयाँ समिकरणबाट बनेको संयुक्त सरकारमा चार–चार थान उपप्रधानमन्त्री बनाएर राष्ट्रको ढुकुटीको दोहन गरिएको छ।

गठबन्धनमा संलग्न नेकपा एमालेले मर्यादाक्रममा प्रधानमन्त्रीपछि एमालेबाट रकारमा नेतृत्वगर्ने रघुबीर महासेठलाई उपप्रधानमन्त्रीमा पठाएको छ।

महासेठपछि माओबादीका बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ छन् भने चौथो मर्यादाक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रबी लामिछाने रहेका छन्।

पाँचौं मर्यादाक्रममा चौथो उपप्रधानमन्त्रीको रुपमा आइतबार मात्रै जसपाका अध्यक्ष उपेन्द्र यादव मन्त्रिपरिषद्मा सामेल भएका छन्।

नयाँ गठबन्धनमा एमालेबाट महासेठसहित पदम गिरी कानुन मन्त्री, ज्वालाकुमारी साह कृषि तथा पशुपन्छी विकास मन्त्री, बलराम अधिकारी भूमि व्यवस्था मन्त्री, दामोदर भण्डारी उद्योग मन्त्री, भगवति चौधरी महिला, मन्त्री, राजेन्द्र कुमार राई खानेपानी मन्त्री र हरिप्रसाद उप्रेती रक्षा मन्त्री सहभागी भएका छन् ।

माओबादीबाट नारायणकाजी श्रेष्ठ, वर्षमान पुन, शक्तिबहादुर बस्नेत, हितबहादुर तामाङ र रेखा शर्मा मन्त्रीमण्डलमा सहभागी भएका छन्। पुन र तामाङ मात्र नयाँ थपिएका हुन् । तथापी दुवै जना अनुभवी हुन्।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट लामिछानेसहित डोलप्रसाद अर्याल, सुमना श्रेष्ठ र विराजभक्त श्रेष्ठ मन्त्री भएका छन् ।

त्यस्तै, जसपाबाट उपेन्द्र यादव उपप्रधानमन्त्रीसहित स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको छ भने नवलकिशोर साह सुडीलाई बन मन्त्री बनाइएको छ।

नेकपा एकीकृत समाजबादीबाट भानुभक्त जोशीलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री र धनबहादुर वुढालाई सहरी विकास मन्त्री बनाइएको छ ।

आठवटा मन्त्रालय पाएको नेकपा एमालेले कर्णाली प्रदेशबाट एक जनालाई पनि मन्त्रिमण्डलमा समेट्न सकेन। मन्त्रिमण्डलमा दलित समुदाय र मुश्लिम धर्मालम्बीबाट एक जनालाई पनि समावेस गरिएन ।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० फाल्गुन २८, १६: ०४

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८० फाल्गुन २८, १६: ०४

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८० फाल्गुन २८, १६: ०४

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...