राप्रपा कार्यालयमा श्रेष्ठमाथि भएको कुटपिटबारे प्रहरीले छानबिन गर्ने – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

राप्रपा कार्यालयमा श्रेष्ठमाथि भएको कुटपिटबारे प्रहरीले छानबिन गर्ने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसम्पादन समिति सदस्य समेत रहेका सशस्त्र प्रहरीका पूर्वमहानिरिक्षक ठाकुरमोहन श्रेष्ठमाथि कुटपिट भएको घटनाको प्रहरीले छानबिन गर्ने भएको छ ।

महानगरिय प्रहरी वृत्त महाराजगञ्जमा श्रेष्ठले ठाडो निवेदन दिएकोले घटनाको विषयमा प्रहरीले छानबिन गर्न लागेको हो । आइतबार राप्रपाको कार्यसम्पादन समितिको बैठकमा भएको विवादलाई लिएर श्रेष्ठमाथि पार्टी उपाध्यक्ष एवम् सांसद बिक्रम पाण्डेको समूहले कुटपिट गरेको नेताहरु बताएका छन् ।

घटनाबारे सार्वजनिक भएको सीसीटीभी फुटेजको दृश्यमा श्रेष्ठ पार्टी अध्यक्ष लिङ्देनको कोठामा प्रवेश गर्न लाग्दा करिव चार, पाँच जनाको समूहले श्रेष्ठलाई मुक्का र लात्ताले प्रहार गरेको देखिन्छ ।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० फाल्गुन २८, १७: ३०

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८० फाल्गुन २८, १७: ३०

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८० फाल्गुन २८, १७: ३०

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...