पार्टीमा छलफल नगरी सरकारमा गएको भन्दै रास्वपाभित्र असन्तुष्टि – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper
प्रदेशसभाको उपनिर्वाचनमा भाग नलिने

पार्टीमा छलफल नगरी सरकारमा गएको भन्दै रास्वपाभित्र असन्तुष्टि

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रबी लामिछानेले पार्टीमा छलफल नगरी सरकारको उपप्रधानमन्त्रीसहित गृह मन्त्री बनेर सरकारमा जान हतारो गरेकोमा पार्टी भित्रैबाट असन्तुष्टि व्यक्ति भएको छ।

सरकारमा जाने विषयमा पार्टीभित्र छलफल नगरिएको भन्दै सोमबार बसेको केन्द्रीय समिति बैठकमा केही सदस्यहरुले चासो व्यक्ति गरेको सहप्रवक्ता मनिष झाले स्वीकार गरे ।

झाका अनुसार पार्टीमा औपचारिक छलफल नगरी सरकारमा गएकामा केही केन्द्रीय सदस्यले चासो व्यक्त गरेका थिए।

सरकारमा जान नहुने धारणा कसैले नराखे पनि सरकारमा सहभागी हुनुअघि छलफल गरेर निर्णय गर्नु पर्ने सुझाव आएको बताईन्छ।

उपसभापति स्वर्णिम वाग्लेले सरकारमा जाने निर्णय सुविचारित भएको भन्दै व्याख्यासहित केन्द्रीय सदस्यलाई जवाफ दिएका थिए।

महामन्त्री मुकुल ढकालले सरकारमा सहभागिताको क्रममा राजनीतिक गतिविधि तीव्र गतिमा विकास भएकाले छलफल हुन नसकेको स्पष्टीकरण दिएका थिए।

सभापति लामिछानेका विश्वास पात्र समेत रहेका ढकालले पार्टीको सचिवालय बैठकले सरकारमा जाने निर्णय लिनका लागि सभापति लामिछानेलाई सर्वाधिकार दिइएको बताएका थिए ।

२०८४ आमचुनावलाई मिसन बनाएको दलले त्यसअघि केही काम गरेर सन्देश दिनुपर्ने भएकाले सरकारमा गएको नेताहरुको तर्क थियो।

केन्द्रीय सदस्य अनिलकेशरी शाहले रास्वपाले पाएका सबै मन्त्रालय जनतासँग प्रत्यक्ष जोडिएका र काम गरेर देखाउन सकिने खालका भएको बताएका थिए ।

बैठकले इलाम क्षेत्र नम्वर २ को उपनिर्वाचनमा गठबन्धन नगरी प्रतिस्पर्धा गर्ने निर्णय गरेको छ । आगामी १५ वैशाखमा प्रतिनिधि सभातर्फ इलाम–२ र प्रदेश सभातर्फ बझाङ (१) मा निर्वाचन हुँदैछ।

प्रदेश सभातर्फ बझाङमा रास्वपाले भाग नलिने निर्णय गरिएको महामन्त्री ढकालले जानकारी बताए। रास्वपाले गत वर्ष भएको प्रदेशतर्फको कुनै पनि क्षेत्रमा उम्मेदवारी दिएको थिएन ।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० फाल्गुन २८, १७: ५०

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८० फाल्गुन २८, १७: ५०

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८० फाल्गुन २८, १७: ५०

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...