
धनकुटा । पत्रकारहरुको पेशागत तथा भौतिक सुरक्षा सम्वन्धि नेपाल प्रेस युनियन धनकुटाका अग्रजहरुसंग आज धनकुटामा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।
सो अवसरमा नेपाल प्रेस युनियनका पूर्व केन्द्रिय उपाध्यक्ष तथा नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राई,नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष नगेन्द्र राई,पूर्व अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठ,उपाध्यक्ष विदुर खवास,सचिव हरी वहादुर लम्जेल,नेपाल प्रेस युनियनका प्रदेश कोषाध्यक्ष कविराज घिमिरे,धनकुटा अध्यक्ष बिनोद घिमिरे,पूर्व सचिव बिकास घिमिरे लगायत धनकुटाका प्रेस युनियनका सदस्यहरुले धनकुटाको पत्रकारीताको अवस्था र पत्रकारहरुको पेशागत तथा भौतिक सुरक्षा दिन प्रतिदिन संकटमा पर्दै गएको वताए ।

नेपाल प्रेस युनियनका प्रदेश सचिव बिनय वाराकोटीले पत्रकारहरुको पेशागत तथा भौतिक सुरक्षाका लागी राज्यले उचित ध्यानदिनु पर्नेमा जोड दिए।
काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...
काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...