धुलिखेलमा नमूना रोजगार कार्यक्रम कार्यान्वयनमा – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

धुलिखेलमा नमूना रोजगार कार्यक्रम कार्यान्वयनमा

काभ्रेपलाञ्चोक । धुलिखेल नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गतको ‘नमूना रोजगार कार्यक्रम’ सुरुआत गरिएको छ । कार्यक्रममा स्थानीय बेरोजगार नागरिकलाई रोजगार उपलब्ध गराउने जनाइएको छ ।

नगरले नमूना कार्यक्रमअन्तरगत प्रारम्भिक चरणमा बेरोजगार तथा रोजगारदाताको तथ्याङ्क अद्यावधिक गरी जनप्रतिनिधि र कर्मचारी तथा सरोकारवालासँग अन्तक्र्रिया एवं निजी क्षेत्र तथा सरोकारवालासँग अन्तरक्रिया लगायत तालिमका कार्यहरू गरिने जनाएको छ । नगर रोजगार संयोजक सम्झना शर्माका अनुसार आउँदो आर्थिक वर्षमा धुलिखेलले रोजगारसम्बन्धी नमूना कार्यक्रम के–कसरी गर्न सकिन्छ भन्ने विषयमा समेत बृहत छलफल गरिएको छ ।

धुलिखेलमा चालु आर्थिक वर्षका लागि चार सय ३८ जना रोजगारका लागि नगरमा सूचीकृत भएका छन् । नमूना रोजगार कार्यक्रमका लागि नगरमा नगरप्रमुख अशोक ब्याञ्जूको अध्यक्षतामा उपप्रमुख उपाध्यक्ष, दुई वडाध्यक्ष सदस्य, प्रमुख प्रशाशकीय अधिकृत र रोजगार संयोजक सदस्य सचिव रहेका छन् ।

सरकारले सात सय ५३ स्थानीय तहमध्ये १७ तहलाई नमूना रोजगार कार्यक्रममार्फत बेरोजगारलाई रोजगार उपलब्ध गराउने उद्देश्यले काभ्रेपलाञ्चोकको धुलिखेलबाट कार्यक्रम सुरु गरेको हो । कार्यक्रम बागमती प्रदेशअन्तर्गत धुलिखेल र सङ्घीय राजधानी काठमाडौँलगायतका स्थानीय तहहरू पहिलो चरणमा छनोट भएको जनाइएको छ ।

सरकारले पाँच वर्षअघि नै देशका सबै स्थानीय तहमा रोजगार सेवा केन्द्र स्थापना गरी बेरोजगारको तथ्याङ्क सङ्कलनसँगै रोजगारी व्यवस्थापन थाल्ने निर्णय गरेको थियो । रोजगार सेवा केन्द्र स्थापनापछि केन्द्रबाट बेरोजगारको विवरण सङ्कलन गर्ने, अभिमुखीकरण लगायतका तालिम सञ्चालन गर्ने, स्थानीय स्तरमा रोजगारी सिर्जना गर्ने र सरकारलाई आवश्यक जनशक्ति केन्द्रबाट उपलब्ध गराउने योजना बनाइएको छ ।

सम्बन्धित समाचार

हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
  • २०८० फाल्गुन २९, ११: २२

काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...

आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
  • २०८० फाल्गुन २९, ११: २२

काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० फाल्गुन २९, ११: २२

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...