
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने भएको छ ।
मङ्गलबार प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, सत्ता साझेदार दल नेकपा (एमाले) र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको थियो ।
त्यसक्रममा नेपालले विश्वासको मत दिने वचन दिएका हुन् । प्रधानमन्त्री प्रचण्डका सचिवालय सदस्य मनहरि तिमिल्सिनाका अनुसार एकीकृत समाजवादीले उठाएको माग समेटेर पाँचै दलको हस्ताक्षर गर्ने समझदारी भएपछि नेपालले विश्वासको मत दिने वचन दिएका हुन् ।
यस्तै त्यही समझदारीको जगमा उभिएर नेपालले राष्ट्रियसभा अध्यक्षमा गठबन्धनका उम्मेदवार नारायण दाहाललाई मतदान गर्न आह्वान गरेका छन् ।संसद् भवन नयाँबानेश्वरमा बसेको दलहरूको बैठकमा नेपालले दाहाललाई मतदान गर्न मौखिकरूपमा ‘ह्वीप’ नै जारी गरेका हुन् ।
यसअघि एकीकृत समाजवादीले प्रधानमन्त्री र राष्ट्रियसभा अध्यक्षलाई सघाउन अनिवार्य नठानेको प्रतिक्रिया दिएको थियो ।
काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...
काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...