
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेससहितको गठबन्धन आफूहरूले फुटाएको बताएका छन् ।
मंगलबार संघीय संसदको ल्होत्से हलमा बसेको पार्टी संसदीय दल बैठकमा बोल्दै अध्यक्ष ओलीले आफुहरुले गठबन्धन फुटाएकोमा जस चीनलाई दिइरहेको व्यंग्य गरेका थिए ।
उनले भने, ‘कमसेकम यति जस त हामीलाई दिनुस् । कहाँ चीनले पुर्याएको ? यति सानो कामका लागि ! चीनले बनाइदियो रे ! चीन आयो रे ! चीनले यो गर्यो, चीन घुस्यो रे ! यो हामीले गरेको हो । कमसेकम यति जस त दिनूस्, यत्रो मिहिनेत गरेर बनाएको छ !’
ओलीले अगाडी भने, ‘हामीलाई सरकारमा जाने हतारोले होइन, तपाईंहरूलाई सम्झना होला–यही हलमा मैले हामीलाई सरकारमा जाने हतारो छैन भनेको थिए। तर देशको बर्बादी टुलुटुलु हेरेर बसिरहन सकिँदैन पनि भनेको थिए । मैले यो पनि भनेको थिए–यो गठबन्धन भनेको खरानीको डल्लो हो, सुख्खा भए पनि फुट्छ, भिज्यो भने पनि फुट्छ। त्यसकारण यो फुट्ने गठबन्धन हो मैले भनेको थिए । तर गठबन्धनमा हुनेहरूको उन्माद थियो ।’
ओलीले एमाले प्रतिको विश्वासका कारण अर्थमन्त्री एमालेले पाउने हल्ला चल्नासाथ सेयर बजारमा सर्किट लाग्ने गरेको प्रसंग उल्लेख गरेका थिए ।
अध्यक्ष ओलीले प्रचण्डको सरकारले विश्वासको मत नपाएमा कांग्रेसको नेतृत्वमा सरकार बन्ने हुनाले पनि यस सरकारलाई विश्वासको मत दिन सांसदहरुलाई आग्रह गरे ।
काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...
काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...