
तनहुँ । व्यास नगरपालिकाद्वारा सञ्चालित ‘बैरेनी जग्गा एकीकरण’ आयोजना अन्तर्गतका जग्गाधनीलाई जग्गा र अस्थायी जग्गाधनी पुर्जा वितरण गर्ने तयारी गरिएको छ ।
व्यास–१० स्थित बैरेनीमा कूल एक हजार पाँच सय ३७ रोपनीमध्ये पहिलो चरणमा दुई सय ६१ रोपनी क्षेत्रफलमा एकीकृत बस्ती विस्तारका काम भइरहेको हो ।
अबको दुई वर्षभित्र जग्गाधनीलाई स्थायी जग्गाधनी पूर्जा वितरण गर्ने लक्ष्यका साथ निर्माण अघि बढाइएको आयोजना प्रमुख इञ्जिनियर रवीन्द्र मुलले जानकारी दिए ।
२०८५ सालभित्र आयोजना सम्पन्न गर्ने सम्झौता रहेपनि २०८२ भित्र सम्पन्न गर्ने तरिकाले काम भइरहेको उनको भनाइ छ । बस्तीले साँघुरिँदै गएको दमौलीमा एकीकृत बस्ती बसाउन दीर्घकालीन सोचका साथ नगरपालिका अघि बढेको व्यासका नगरप्रमुख बैकुण्ठ न्यौपानेले बताए ।
“दमौली बजार र भादगाउँ क्षेत्र बस्ती विस्तारले साँघुरिएको छ”, उनले भने, “भावी पुस्ताका लागि पनि बस्ती बसाउन नगरपालिकाले नगर विकास कोषसँग हातेमालो गर्दै अघि बढेको हो ।”
काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...
काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...