उदयपुरमा श्रमदान गरेर बाटो निर्माण – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

उदयपुरमा श्रमदान गरेर बाटो निर्माण

उदयपुर । उदयपुरको कटारी नगरपालिका–१ खसिबास गाउँबाट दक्षिण चुरे जङ्गल क्षेत्रमा झरनामुनि रहेको जगदेश्वरी महादेव गुफा पुग्न स्थानीयले जनश्रमदानबाटै बाटो निर्माण गरेका छन् ।

प्राकृतिकरूपमा गुफाको संरचना फरक र आकर्षक भए पनि प्रचार–प्रसारको अभाव र आवतजावतका लागि बाटो नभएका कारण सो स्थान ओझेलमा परेको थियो ।

खसिबास गाउँबाट गुफा पुग्न करिब दुई घण्टा पैदल हिँड्नुपर्छ । वनक्षेत्र र पहाडी जङ्गलका कारण समस्या भएपछि स्थानीयले श्रमदानबाट आवतजावत गर्न बाटो बनाएका हुन् ।
यसका लागि पञ्चावती मावि खसिबासका पूर्वप्रधानाध्यापक ज्ञानबहादुर तामाङले नेतृत्व लिएका थिए ।

गाउँलेको श्रमदानबाट निर्माण गरिएको बाटोमा अहिले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत पनि १० जनाले सय दिनको काम गरिरहेका छन् । कटारी–१ का वडाध्यक्ष पदमलाल मगरले भने, ‘उक्त गुफा नगरकै पर्यटनको सम्भावना बाकेको गुफा हो ।’

यहाँ पुग्नका लागि सिद्धिचरण राजमार्गको कटारी–२ स्थित गुराँस र कटारी–३ को हडैँयाबाट सवारीसाधनमा खसिबासको बाँगेबजारसम्म जानुपर्दछ । बाँगेबजारबाट भने पैदल हिँडेर यस गुफामा पुग्न सकिन्छ ।

अहिले खसिबास स्थानीयले पूर्वशिक्षक तामाङकै नेतृत्वमा श्रमदानबाट खसिबासबाट वडाकै वेलसोत जाने बाटो खनिरहेका छन् । जङ्गलको बीचमा रहेको गाउँबाट अन्यत्र जानसमेत समस्या भएपछि गाउँलेहरूले श्रमदानबाट बाटो बनाउन थालेका हुन् ।

सम्बन्धित समाचार

हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
  • २०८० फाल्गुन ३०, १०: २६

काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...

आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
  • २०८० फाल्गुन ३०, १०: २६

काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० फाल्गुन ३०, १०: २६

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...