
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस छलफलका लागि तयार नै नभएको गुनासो गरेका छन् ।
प्रतिनिधि सभामा प्रधानमन्त्रीले पेश गरेको विश्वासको मतको प्रस्तावमाथिको छलफलमा भाग लिदै पछिल्ला तीन बर्षमा कांग्रेस एमालेसँग छलफलका लागि तयार नै नभएको गुनासो गरेका हुन् ।
दुई दल मिलेर ठुला ठुला काम गरेको उल्लेख गर्दै ओलीले कांग्रेस छलफलमै नआएको बताउदै कांग्रेस सभापति शेरबहादुर देउवालाई बसेर कुराकानी गर्न प्रस्ताव गरेका छन् ।
उनले भने, ‘कांग्रेसलाई बसेर कुरा गरौं न सही रुपमा भनेर भनेको । वर्णाश्रम व्यवस्थामा भात दाल चल्दैन भनेझैं एमालेसँग कुरा चल्दैन रे कांग्रेसको । शेरबहादुर जीलाई फेरि पनि भन्न चाहन्छु । बसौं न कुरा गरौं न ।’
काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...
काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...