
काठमाडौं। त्रिदेशीय टी–२० क्रिकेट सिरिजको फाइनल खेलमा पपुवा न्यूगिनी (पीएनजी)ले नेपाललाई १७२ रनको लक्ष्य दिएको छ। मोङककमा जारी खेलमा पीएनजीले पूरै ओभर खेलेर ८ विकेटको क्षतिमा १७१ रन बनाएको हो।
पीएनजीका लागि टोनी उराले ३७ बलमा ६१ रन बनाए । सो क्रममा उनले ५ चौका र ४ छक्का प्रहार गरे। ५.२ ओभरमा ४ विकेट लिएर कसिलो बलिङ प्रदर्शन गरेको नेपाललाई त्यसपछि विकेट लिन भने त्यति सहज भएन।
नेपालका लागि कुशल भूर्तेल र आकाश चन्दले ३–३ विकेट लिए। करण केसी र गुल्शन झाले भने १–१ विकेट लिए।
टस जितेर नेपालले बलिङ रोजेसँगै पीएनजी ब्याटिङमा उत्रिएको थियो।
काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...
काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...