प्रधानमन्त्री ‘प्रचण्ड’ले पाए विश्वासको मत – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

प्रधानमन्त्री ‘प्रचण्ड’ले पाए विश्वासको मत

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत पाएका छन् ।

प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने प्रयोजनसहित बुधबार बसेको प्रतिनिधिसभा बैठकमा ‘विश्वासको मत पाउँ’ भन्ने प्रस्ताव पेश गरेका थिए ।

उक्त प्रस्तावको पक्षमा १५७ जना सांसदहरूले समर्थन जनाएसँगै उनले विश्वासको मत पाएका हुन् । प्रस्तावको विपक्षमा ११० जना सांसदहरु उभिए ।

यस्तै १ सांसद तटस्थ रहे । आजको बैठकमा २६८ जना सांसदहरूको उपस्थिति रहेको थियो ।

प्रधानमन्त्री प्रचण्डले पाएको यो तेस्रो विश्वासको मत हो । यसअघि उनले २०७९ पुस २६ गते पहिलोपटक र २०७९ चैत ६ गते दोस्रोपटक विश्वासको मत लिएका थिए ।

२०७९ पुस १० गते एमालेकै प्रमुख समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्डले दुई महिना पुग्दानपुग्दै सत्ता गठबन्धन कांग्रेसमा सारेका थिए । अहिले पुनः सत्ता गठबन्धन एमालेको नेतृत्वमा बनेको छ ।

 

सम्बन्धित समाचार

हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
  • २०८० फाल्गुन ३०, १५: ५५

काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...

आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
  • २०८० फाल्गुन ३०, १५: ५५

काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० फाल्गुन ३०, १५: ५५

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...