
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा सांसद जितजंग बस्नेतले सत्ता र शक्तिको दुरुपयोग गरी गैरकानुनी कारोबारमा संलग्न माओबादी नेताका छोराहरुलाई वर्तमान सरकारले कहिलेसमम उन्मुक्ति दिइरहने भनी प्रश्न गरेका छन् ।
राष्ट्रियसभाको बुधबारको बैठकमा सांसद वस्नेतले सुशासन र सेवा प्रवाहमा प्रभावकारी ढंगले लाग्नुपर्नेमा सरकारले आफ्नो ध्यान अन्यत्र केन्द्रित गरेको आरोप लगाउँदै गैरकानुनी कारोबारमा संलग्नलाई उन्मुक्ति दिने गरेको बताएका हुन् ।
पूर्वउपराष्ट्रपति तथा माओबादीका पूर्वनेता नन्दबहादुर पुन पासाङका छोराहरु सुन तस्करी प्रकरणमा मुछिएको घटनाका समाचार वाहिर सार्वजनिक भएको तर्फ संकेत गर्दै सांसद बस्नेतले माओवादी केन्द्रका नेताका छोराहरु गैरकानुनी कारोबारमा संलग्न भएका सूचना पटक पटक आए पनि उनीहरुलाई अनुसन्धानको दायरामा किन नल्याएको भनी प्रश्न गरे ।
‘यस्तै गतिविधि गर्न सत्ता र शक्तिमा रहिरहन लालायित भएको हो ?’ भन्ने प्रश्न गर्दै गृह प्रशासनको भूमिकामा प्रश्न गरे ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...