
धनगढी । चिसापानीस्थित कर्णाली पुलमा सोमबार दिउँसो ट्रकमा लागेको आगो लल्किएको पुल अझै तीन दिनसम्म सञ्चालन नहुने भएको छ ।
कर्णाली पुलमा गाडी सञ्चालन गर्न मिल्ने कि नमिल्ने भन्नेबारे प्राविधिक टोलीले स्थलगत परिक्षण गरिरहेकोले पूर्वपश्चिम राजमार्गस्थित कर्णाली पुलमा सवारी साधान आवात जावतमा रोक लगाइएको हो ।
अहिले सुदूरपश्चिम प्रवेश गर्ने र बाहिरिने सवारी साधनहरु हुलाकी राजमार्ग हुँदै चलिरहेका छन् । फागुन २८ गते दिउँसो वीरगञ्जबाट महेन्द्रनगरतर्फ आइरहेको ना ५ ख ५२९७ नम्बरको ट्रक पुलमाथि रहेका बेला एक्कासी आगलागी भएको थियो।
ट्रकमा लागेको आगो पुलका लठ्ठाहरुमा समेत सल्किएपछि सवारीसाधन आवागमनलाई बन्द गराएर सडक विभाग र पुल महाशाखाबाट आएको प्राविधिक टोलीले स्थलगत निरीक्षण गरिरहेको छ । पुल महाशाखाका डिभिजनल इन्जिनियर कृष्णराज अधिकारीले जनाएका छन् ।
प्रारम्भिक अध्ययनका क्रममा आगालागीबाट पुलका दायाबाँयातर्फका ७÷७ वटा लठ्ठा जलेको भेटिएको थियो । जलेका केबलसहित पुलको सतहको मर्मतसम्भारको काम गर्नुपर्ने भएकाले अझै केही दिन सवारीसाधन चलाउन नमिल्ने बताइएको छ ।
पुलको सतह मर्मत गर्नुपर्ने भएकाले अझै तीन दिनसम्म सवारीसाधन चलाउन नमिल्ने बताइएको छ । अहिले पुलको सतहको मर्मतसम्भार गर्ने तर लठ्ठा भने तत्काल मर्मत नहुने जनाईको छ ।
ट्रकमा आगलागी हुँदा पुलका फलामे लठ्ठामा पनि आगो सल्किएको थियो । फलामे लठ्ठाको बाहिरपट्टी रबर रहेकाले आगलागी भएको प्राविधिकहरुको भनाइ छ ।
ट्रकमा आगलागीको कारण भने अनुसन्धानकै क्रममा रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...