
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विवादित व्यक्तिलाई किन मन्त्री बनाएको भनेर प्रश्न गरेको छ ।
बिहीबार बसेको संसद् बैठकमा कांग्रेस सांसद बद्री पाण्डेले अनुसन्धानको दायरामा रहेका रवि लामिछानेलाई गृहमन्त्री बनाएको भन्दै प्रधानमन्त्री प्रचण्डसँग जवाफ माग गरे ।
“उपप्रधानमन्त्रीको पोर्टफोलियोसहित गृहमन्त्रीको जिम्मेवारी अनुसन्धानको दायरामा परेका सदस्यलाई सुम्पिएपछि प्रधानमन्त्रीप्रतिको झिनो आशा धुजा–धुजा भएको छ,” उनले भने, “किन त्यसरी अगाडि बढियो, जवाफ चाहिन्छ ।”
उक्त विषय व्यक्तिगत नभइकन नैतिक र राजनीतिक भएको उनले प्रष्ट्याए । “राजनीतिमा सकारात्मक, नकारात्मक कुन खालकाे नजिर राख्ने भन्ने विषय पनि हो यो,” यसमा सोच्नुपर्छ ।
गृहमन्त्री लामिछाने आफै विवादित भएकाले उस्कै प्रकृतिका दोषी तथा पीडकहरूलाई कारबाही गर्न नसक्ने सांसद पाण्डेले बताए । त्यसले पीडकहरूमाथिको अनुसन्धानलाई पनि प्रभाव पार्ने उल्लेख गर्दै प्रश्न गरे—सहकरीको आदर्शविपरीत गर्न नहुने संस्थामा लगानी, दिन नहुने शीर्षकमा कर्जा, शेयर सदस्य नभएका व्यक्ति, पाउनै नपर्ने व्यक्तिले पाउनैपर्ने ऋण प्रवाहको सघन आरोपबाट घेरिएका गृहमन्त्रीले यस्तै प्रकृतिका अन्य दोषीलाई कसरी कानूनी कारबाहीको दायरामा ल्याउनुहुन्छ ?
काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...
काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...