सन्दीपविरुद्ध सरकारी पक्ष पनि उच्च अदालतमा – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

सन्दीपविरुद्ध सरकारी पक्ष पनि उच्च अदालतमा

काठमाडौं । सरकारी पक्षले सन्दीप लामिछानेविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको छ । ‘गौशाला २६’ नाबालिक रहेको भन्दै बिहीबार सरकारी पक्षले मुद्दा दर्ता गरेको हो ।

सन्दीप पक्ष बलात्कार मुद्दामा निर्दोष रहेको भन्दै उच्च अदालत पुगेपछि सरकारी वकिल पनि उच्च अदालतमा पुगेको हो ।सरकारी पक्षले सन्दीपलाई नाबालिका बलात्कार अभियोगमा हदैसम्म कारबाही माग गरेर मुद्दा हालेको अदालत स्रोतले बतायो ।

यता, सन्दीप पक्षले भने जिल्ला अदालतले सरकारी कागजातमै नाबालिका रहेको ठहर गरेकोमा पुन नाबालिक दाबी गर्दै मुद्दा हाल्नु विरोधाभाष भएको बताएको छ । फागुन १० गते सन्दीपले जिल्ला अदालत काठमाडौंको फैसलामाथि चित्त नबुझेको भन्दै उच्च अदालतमा पुनरावेदन दिएका थिए । मुद्दाको पहिलो पेसी चैत १२ गते तोकिएको छ ।

साथै, सन्दीपलाई अदालतले मुलुकी फौजदारी कार्यविधि संहिता ऐन २०७४ अनुसार जेलबाहिरै बसेर मुद्दा लड्न अनुमति दिएको छ ।

सम्बन्धित समाचार

हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
  • २०८० चैत्र १, १२: ४६

काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...

आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
  • २०८० चैत्र १, १२: ४६

काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० चैत्र १, १२: ४६

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...