काठमाडौंका विभिन्न ठाउँमा सहकारी पीडितहरूको प्रदर्शन सुरू – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

काठमाडौंका विभिन्न ठाउँमा सहकारी पीडितहरूको प्रदर्शन सुरू

काठमाडौं । देशभरका सहकारी पीडितहरूले आफ्नो बचत रकम फिर्ताका लागि जनदबाव स्वरूप काठमाडौंका विभिन्न ठाउँमा प्रदर्शन सुरू गरेका छन् । सहकारी बचतकर्ताहरूले आफ्नो पैसा फिर्ता गराइदिन सरकारलाई पटक–पटक ध्यानाकर्षण गराउँदा पनि सरकारले ध्यान नदिएको भन्दै उनीहरूले शान्तिपूर्ण प्रदर्शन गरेका हुन् ।

सहकारीमा बचत गरेको पैसा सञ्चालकहरूले फिर्ता नदिएर ठगिएका पीडिहरू देशभरबाटै काठमाडौंमा जम्मा भएका छन् । प्रदर्शनकारीले ठगी गर्ने सहकारीका नामसहितका प्लेकार्ड बोकेर, नाराबाजी गर्दै विरोध जनाएका छन् ।

आफूले जम्मा गरेको पैसा आवश्यक परेको बेला निकाल्न जाँदा सहकारीले छैन भन्दै फिर्ता गर्ने गरेको पीडितहरू बताउँछन् । ‘सहकारीमा जम्मा गरेको पैसा लिन जाँदा कर्मचारीले हामीलाई थाहा छैन भन्छन्,’ एक पीडितले भनिन्, ‘ब्याज पनि आउँछ, आवश्यक परेका बेला निकाल्न मिल्छ भनेर राखियो । अहिले फिर्ता दिएनन् ।’

आफ्नो पैसा फिर्ता गराउँन सरकारले पहल गर्नुपर्ने पीडितहरूको भनाइ छ ।

सम्बन्धित समाचार

हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
  • २०८० चैत्र १, १४: २४

काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...

आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
  • २०८० चैत्र १, १४: २४

काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० चैत्र १, १४: २४

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...