
काठमाडौं । काठमाडौं महानगरपालिका विपद् व्यवस्थापन विभागले पाँच वर्षे रणनीतिक योजना तर्जुमा गर्ने भएको छ ।
सहरी विपद् जोखिम न्यूनीकरणका लागि पूर्वतयारी, विपद्को समयमा गर्नुपर्ने व्यवस्थापनका काम र विपद्पछिको पुनर्स्थापना, पुनर्लाभका लागि वडा र समुदायस्तरीय क्षमता विकास, आन्तरिक र साझेदारबीचको समन्वय योजनामा समेटिने महानगरपालिकाले जनाएको हो ।
विपद् व्यवस्थापन समिति संयोजक प्रेम थापाका अनुसार सहरी मौलिकता र आधुनिक विकास चरण सन्तुलित गर्दै सहर सुरक्षित बनाउन सहभागितामूलक संयन्त्र निर्माण गरिन लागेको हो ।
आगामी नीति र कार्यक्रम, वडाका आवश्यकताका विषयमा पृष्ठपोषण लिन विभागले बुधबार वडास्तरीय विपद् व्यवस्थापन समिति संयोजकहरूसँग छलफल गरेको थियो ।
काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...
काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...