
काठमाडौं । आक्रोसित सहकारीका बचतकर्ताहरुले गृहमन्त्री र प्रधानमन्त्रीको राजीनामा मागसहित प्रदर्शनमा उत्रिएका छन् ।
सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय महासंघले संस्थाहरुमा गरेका बचत रकम फिर्ता पाउनुपर्ने मागसहित टेकुस्थित जिल्ला प्रहरी परिषद् अगाडि मन्त्रीहरुको मागसहित प्रदर्शन गरेका हुन् ।
उनीहरुले बचतकर्ताको पैसा हिनामिना गर्ने सहकारी सञ्चालकमाथि कारबाहीको माग गर्दै नाराबाजी गरे ।
उक्त प्रदर्शनमा सहभागि पीडित खिन्तबहादुर खड्काले नयाँ गृहमन्त्रीले आफ्नो रङ् देखाएको भन्दै अब राज्यबाट केही भएन भने सहकारीका सञ्चालकहरुलाई सडकमा ल्याएर बेइजत गर्न तयार भएको पनि बताए ।
उनले भने, ‘यदि राज्यले यी ठगहरुलाई सजाय दिँदैनन् भने, भोलीबाट नै आफ्नो आफ्नो सहकारीका सञ्चालकहरुलाई सडक ल्याएर बेइजत गर्न तयार छौं । अहिलेको गृहमन्त्रीले आफ्नो रङ् देखाइसकेका छन् । उनी आफै सहकारीको दाग लाग्दालाग्दै गृहमन्त्रीमा आएका छन् ।’
काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...