
काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई राजीनामा दिन दबाब दिएको छ ।
शुक्रबार पत्रकार सम्मेलन गर्दै एमाले कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवती रमण भण्डारीले कार्कीलाई पदबाट राजीनामा दिन दबाब दिएका हुन् ।
राजीनामा नदिए संविधान र कानुनका आधारमा अघि बढ्ने भण्डारीले बताए । ‘अल्पमतमा पर्नुभयो जबर्जस्ती नगर्नुस् राजीनामा दिनुस्,’ भण्डारीले कार्कीलाई भने, ‘मान्नुभएन भने संविधान र कानुनका आधारमा चाल्छौं ।’
सत्तापक्ष अल्पमतमा भएकोले मुख्यमन्त्रीले राजीनामा दिनुको विकल्प नभएको भण्डारीले जिकिर गरे । कोशीमा कांग्रेस नेतृत्वको सरकारमा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी छन् ।
काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...
काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...