
काठमाडौं । सरकारले गठन रेरका सुन तस्करी जाँजबुझ आयोगले प्रतिवेदन सरकारलाई बुझाएसँगै सरकारको नेतृत्व गरिरहेको नेकपा माओबादी र प्रहरीलाई झड्का लागेको छ ।
नेकपा माओबादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख महरालाई नै सुन तस्करीमा संलग्न भएको भन्दै आयोगले मुद्दा चलाउन सिफारिस गरेपछि सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री दाहाल अलमलमा परेका छन्।
पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको गठन गरेको आयोगले महरालाई बयान समेत लिएको थियो । उनका छोरा राहुल महरा भेपमार्फत सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन् ।
त्यस्तै, पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका परराष्ट्र सल्लाहकार जीवन गुरुङको चिनियाँ सुन तस्करसँग बारम्बार सम्पर्क भएको र निकट सम्बन्ध देखिएकोले कारबाहीको लागि सिफारिस गरेको छ।
गुरुङ, चिनियाँ तस्करी वाङ र पूर्वसभामुख कृष्णबहादुर महराबीच पटक–पटक भेटघाट भएको तथ्यसमेत भेटिएको छ । आयोगले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) प्रमुख किरण बज्राचार्यलाई समेत मुद्धा चलाउन सिफारिस गरेको छ।
अयोगले सुन तस्करीको छानबिनमा गम्भीर त्रुटि गरेको निष्कर्ष निकालेको छ । नक्कली भुटानी शरणार्थी प्रकरण, वालुवाटार जग्गा हिनामिना प्रकरण र सुन तस्करी प्रकरणमा छानबिन गर्न हिम्मत गरेको भन्दै चर्चा कमाएकी बज्राचार्यको लापरवाही भेटिएपछि आयोगले कारबाहीको सिफारिस गरेको हो ।
ब्यूरोकी प्रमुख प्रहरी अतिरिक्त महानिरिक्षक किरण बज्राचार्य, प्रहरी उपरिक्षक सञ्जयसिंह थापा, नायव उपरिक्षकद्वय दुर्गा दाहाल र रुगम कुँवरलाई पनि कारबाहीको सिफारिस भएको छ ।
उनीहरुले सुन तस्करीमा जोडिएका मुख्य व्यक्ति जीवन चलाउनेलाई ब्यूरोमा उपस्थित गराएर समेत छाडेको आरोप छ।
उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले आयोगले बुझाएको प्रतिवेदन कार्यान्वयन गर्ने भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रतिवेदन शुत्रबार बुझाई सकेका छन् ।
गृह मन्त्रालय स्रोतअनुसार तत्कालीन समयमा ब्यूरोमा कार्यरत् एसपी सञ्जयसिंह थापाकै कोठामा ल्याएर चलाउनेको बयान कागज गराइएर पछि भगाएको थिए ।
नायव उपरिक्षक (डीएसपी) रुगम कुँवरसँग चलाउनेको कुराकानी हुने गरेको देखिएको छ। सुन तस्करी प्रकरणमा व्यवसायी भीमकान्त भण्डारीलाई पनि मुद्दा चलाउन आयोगले सिफारिस गरेको छ ।
६० किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका चिनियाँ मूलका बेल्जियन नागरिक दावा छिरिङसँग पटक–पटक कुराकानी भएको देखिएपछि भण्डारी छानबिनको दायरामा परेका थिए ।
त्यस्तै, जिल्ला सरकारी वकिलको कार्यालयका उपन्यायाधीवक्ता जनकराज घिमिरे र वासुदेव शर्मालाई कारबाही गर्न सिफारिस गरेको छ ।
सुन तस्करी प्रकरणमा सीआईबीले गरेको त्रुटिमा अभियोगकर्ताको पनि जिम्मेवारी हुने भन्दै आयोगले दुबैलाई कारबाहीलाई सिफारिस गरेको हो । घिमिरे अहिले सरुवा भएर उच्च सरकारी वकिलको कार्यालय पाटनमा छन्।
आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका तत्कालीन प्रमुख अरुण पोखरेल र भन्सार अधिकृत मुक्ति श्रेष्ठलाई पनि कारबाही गर्न सिफारिस गरेको छ ।
भन्सार जाँज पार गरेको ६० किलो सुन राजश्व अनुसन्धान विभागले २ साउनमा बरामद गरेको थियो । त्यसबेला प्रमुख भन्सार प्रशासक पोखरेल विदामा थिए । तर, नैतिक जिम्मेवारी हुने भन्दै आयोगले कारबाहीका लागि सिफारिस गरेको छ ।
त्यस्तै पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालका साझेदार सुबु केसीलाई सुन तस्करी प्रकरणमा मुद्दा चलाउन उच्चस्तरीय छानबिन समितिले सिफारिस गरेको छ।
दावा छिरिङको मोबाइल जाँचमा २० हजार अमेरिकी डलर सुबु प्रताप केसीको अमेरिकास्थित वेल्स फार्गो बैंकमा जम्मा गरेको उल्लेख भएको विवरण छ ।
सीआईबीले गम्भीर अनुसन्धान गरेको फेला नपरेको आयोगको निष्कर्ष छ। सुन प्रकरणमा मुछिएकाहरूलाई उन्मुक्ति दिनेहरूमाथि कारबाही गर्ने उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले बिहीबार बताएका छन् ।
आयोगले राजश्व अनुसन्धान विभागका पूर्वमहानिर्देशक झलकराम अधिकारीलाई कारबाही गर्न आयोगले सिफारिस गरेको छ ।
सुन तस्करीमा संलग्न चिनियाँ नागरिक दावा छिरिङसँग उनको सम्बन्ध देखिएपछि कारबाही गर्न सिफारिस गरेको हो। दावा र अधिकारीबीच वी च्याटमा नियमित कुराकानी हुने गरेको फेला परेको थियो ।
आयोगले पाएको डिजिटल फरेन्सिक ल्याबको रिपोर्टमा दावाले अधिकारीलाई ‘भेरी विग अमाउन्ट क्यास, आई नो भेरी वेल, निड टु टक विथ यू, आई ह्याब सब वर्क (ठूलो नगद रकम, मलाई राम्रोसँग थाहा छ । तपाईसँग कुरा गर्नुपर्ने छ । मेरो केही काम छ)’ भनेका छन् ।
त्यसपछि उनले छिरिङलाई पानी तान्ने पम्प जस्तो फोटोहरू पठाएको फेला परेको थियो । आयोग स्रोतका अनुसार, पानी तान्ने पम्पभित्र समेत लुकाएर सुन तस्करी भएको आशंका छ । यो विवरण बाहिर आएका बेला अधिकारी अध्यागमन विभागमा महानिर्देशक थिए ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ । आज नेप्से ३.६२...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...