नौ विद्यार्थीलाई यसवर्षको स्वर्ण जयन्ती छात्रबृत्ति प्रदान – Naya Bikalpa
July 30, 2026, Thursday      Epaper
भारतीय राजदूतावासद्वार छात्रवृत्तिको २२ औं स्वर्ण जयन्ती दिवस आयोजना

नौ विद्यार्थीलाई यसवर्षको स्वर्ण जयन्ती छात्रबृत्ति प्रदान


काठमाडौं । भारतीय राजदूतावास काठमाडौंले २२औं स्वर्ण जयन्ती छात्रवृत्ति दिवसमा यस वर्ष नौ विद्यार्थीलाई स्वर्ण जयन्ती छात्रवृत्ति प्रदान गरेको छ।

भारतीय दूतावासमा शुक्रबार करिब २०० जना विद्यार्थीको सहभागीतामा सम्पन्न कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले स्वर्ण जयन्ती छात्रवृत्ति प्राप्त गरेका पहिलो ब्याचका ९ जना विद्यार्थीलाई राजदूतको स्वर्ण जयन्ती छात्रवृत्ति रोल अफ अनर प्रदान गरे ।

कार्यक्रममा धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा. ज्ञानेन्द्र गिरी, लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा.डा.सुवर्णलाल बज्राचार्य, काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा.डा.भोला थापा, कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति प्रा.डा.पुण्य प्रसाद रेग्मीको सहभागिता थियो ।

कार्यक्रममा पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा.शैलेषमणि पोखरेल र राजर्षि जनक विश्वविद्यालयका उपकुलपति प्रा.डा. अमर प्रसाद यादवसहित नेपाल सरकारका वरिष्ठ अधिकारी, विभिन्न विश्व विद्यालयका डिन, रजिष्ट्रार र प्रधानाध्यापकको उपस्थिति रहेको दूतवासले जनाएको छ ।

सो अवसरमा राजदूत श्रीवास्तवले छात्रवृत्ति विजेता विद्यार्थी तथा राजदूतको विशेष रोल अफ अनरको पहिलो संस्करण विजेता विद्यार्थीलाई बधाई दिँदै आ–आफ्नो क्षेत्रमा उत्कृष्ट हुने विश्वास व्यक्त गरे ।

उनले भारतमा स्टार्ट अप इकोसिस्टम, इन्क्युबेशन सेन्टर आदिमा आबद्ध भई एवम् सहकार्य गरी युवाहरुका लागि सिर्जना गर्न सकिने अवसरहरु बारे बताउँदै विद्यार्थीहरुलाई सहकार्य गर्न सकिने क्षेत्रहरु खोज्न प्रोत्साहित गरेका थिए।

भारत र नेपालबीचको आर्थिक सहकार्य ५० वर्ष पूरा भएको उपलक्ष्यमा सन् २००२ मा प्रतिष्ठित स्वर्ण जयन्ती छात्रवृत्ति स्थापना गरिएको थियो । पछिल्लो वर्षमा छात्रवृत्ति प्राप्त गर्नेको संख्या दुई सय पुगेको छ।

छात्रवृत्ति योजना अन्तर्गत एमवीवीएस, बीडीएस अध्ययन गर्ने विद्यार्थीले पाँच वर्षका लागि प्रत्येक महिना चार हजार रुपैयाँ, बीई अध्ययन गर्ने विद्यार्थीले चार वर्षका लागि प्रत्येक महिना चार हजार रुपैयाँ र अन्य अन्डरग्राजुएट कोर्ष बीए, बीएड, फार्मेसी, बीएससी एग्रिकल्चर, बीबीए, बीबीएम बीबीएस गर्ने विद्यार्थीले तीन वर्षका लागि प्रत्येक महिना तीन हजार रुपैयाँ प्राप्त गर्ने दूतावासले जनाएको छ ।

यस छात्रवृत्ति योजनाबाट नेपालका ७७ वटै जिल्लाका तीन हजार तीन सय बढी नेपाली विद्यार्थी लाभान्वित भइसकेका छन्।

छात्रवृत्ति पाएका यस पटकको ब्याचका विद्यार्थीहरु नेपालका ७६ जिल्लाबाट रहेका छन् जसमा ३२ प्रतिशत छात्रा रहेको र यो वर्ष पाँच जना फरक क्षमता भएका विद्यार्थीलाई पनि छनौट गरिएको दूतावासले जनाएको छ।

नेपाल र भारतका विश्वविद्यालयमा अण्डर ग्राजुएट तथा ग्राजुएट तहमा औषधी विज्ञान, इन्जिनियरिङ, दन्त विज्ञान, व्यवस्थापन, कमर्स, नर्सिङ, आयुर्वेद, नृत्य, नाट्य कला, पर्फमिङ आर्टस लगायत अन्य संकायका विषय अध्ययनका लागि भारत सरकारले झन्डै एक हजार छ सय छात्रवृत्ति प्रदान गर्दै आएको छ।

सन् २००१ देखि यता तीन हजार आठ सय नेपाली विद्यार्थीले यो छात्रवृत्ति योजनाको लाभ लिइसकेका छन्।

भारत र नेपालबीच शिक्षा तथा क्षमता अभिवृद्धिको क्षेत्रमा लामो समयदेखि साझेदारी रही आएको यस किसिमको छात्रवृत्ति तथा क्षमता अभिवृद्घि कार्यक्रमले नेपालको मानव संसाधन विकास तथा समग्र सामाजिक एवम् आर्थिक विकासमा भारतले गरेको प्रयासमा थप बल प्रदान गरेको जनाइएको छ।

सम्बन्धित समाचार

सुनसरी घटनामा गोली लागेर घाइते भएका युवकको उपचारका क्रममा मृत्यु
सुनसरी घटनामा गोली लागेर घाइते भएका युवकको उपचारका क्रममा मृत्यु
  • २०८० चैत्र ३, १६: ४२

काठमाडौं : सुनसरीको देवानगन्ज गाउँपालिका-३, कप्तानगन्जमा आइतबार राति भएको झडप नियन्त्रणका क्रममा प्रहरीले चलाएको गोली लागेर घाइते भएका एक युवकको...

सिरहाको गोलबजार र धनुषाको जनकपुरमा कर्फ्यु आदेश जारी
सिरहाको गोलबजार र धनुषाको जनकपुरमा कर्फ्यु आदेश जारी
  • २०८० चैत्र ३, १६: ४२

जनकपुरधाम : जनकपुरमा बढ्दो तनाव र स्थिति नियन्त्रणबाहिर जाने जोखिमलाई मध्यनजर गर्दै धनुषा प्रशासनले अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ ।...

सुनसरी घटनाबारे प्रचण्डको प्रश्न- गोली चलाउनुपर्ने अवस्था थियो ?
सुनसरी घटनाबारे प्रचण्डको प्रश्न- गोली चलाउनुपर्ने अवस्था थियो ?
  • २०८० चैत्र ३, १६: ४२

काठमाडौं : नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारले अघि बढाएको संविधान संशोधन प्रक्रियामाथि गम्भीर प्रश्न उठाएका छन्। उनले...