आरबीबी–एनभीए महिला भलिबलतर्फ नेपाल पुलिस क्लबल बिजयी – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

आरबीबी–एनभीए महिला भलिबलतर्फ नेपाल पुलिस क्लबल बिजयी

काठमाडौं। आठौं संस्करणको आरबीबी–एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा महिलातर्फ नेपाल पुलिस क्लबले जित हासिल गरेको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् राखेपको कभर्ड हलमा आइतबार भएको खेलमा पुलिसले कर्णाली प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गरेको हो। पुलिसले कर्णालीलाई पहिलो सेटमा २५–१२, दोस्रोमा २५–७ र तेस्रोमा २५–८ ले पराजित गरेको हो।

च्याम्पियनसिपमा महिलातर्फ ७ टोली रहेका छन्। समूह एमा पुलिस, कर्णाली प्रदेश, त्रिभुवन आर्मी क्लब र एभरेष्ट क्लब रहेका छन्।

समूह बीमा न्यू डायमन्ड, एपीएफ क्लब र मधेस प्रदेश रहेका छन्।

पुरुषतर्फ १२ टोली रहेका छन्। समूह एमा कोशी प्रदेश, नेपाल स्पोर्ट्स क्लब र ढोरपाटन क्लब छन्। समूह बीमा सुदूरपश्चिम प्रदेश, एपीएफ क्लब र जावलाखेल भलिबल ट्रेनिङ सेन्टर रहेका छन्।

समूह सीमा कर्णाली प्रदेश, बुढानिलकण्ठ भलिबल क्लब र नेपाल पुलिस क्लब रहेका छन्। समूह डीमा गण्डकी प्रदेश, मणिमुकुन्द भलिबल क्लब, त्रिभुवन आर्मी क्लब र न्युटन भलिबल क्लब रहेका छन्।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० चैत्र ४, १४: ४२

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८० चैत्र ४, १४: ४२

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...

जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
  • २०८० चैत्र ४, १४: ४२

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...