
काठमाडौं । गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्टले पदभार ग्रहण गरेका छन् । नवनियुक्त प्रमुख भट्टले आइतबार प्रदेश प्रमुखको कार्यालय पुगेर पदभार ग्रहण गरेका हुन् ।
जिम्मेवारी सम्हाल्दै उनले प्रदेश प्रमुखको पदमा रहेसम्म इमान्दार बन्ने प्रतिबद्धता समेत व्यक्त गरे । उनले भने, ‘कानूनको रक्षा गर्दा सबैबाट सहयोग हुने अपेक्षा गरेको छु । गण्डकी प्रदेशको उन्नति, प्रगतीको कामना गर्दछु ।’
मन्त्रिपरिषद्को फागुन २८ गते बसेको बैठकले भट्टलाई गण्डकीको प्रदेश प्रमुख नियुक्त गरेको थियो । भट्ट गण्डकीका पाँचौँ प्रदेश प्रमुख हुन् । यसअघि पृथ्वीमान गुरुङ प्रदेश प्रमुख थिए ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...