
काठमाडौं । गृह मन्त्रालयले मिटरव्याज पीडितका गुनासो सुनुवाइका लागि डेस्क स्थापना गर्न देशभरका प्रशासनलाई निर्देशन दिएको छ ।
मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै मिटरव्याज पीडितका गुनासो सुनुवाइका लागि कर्मचारी नेतृत्वको डेस्क स्थापना गर्न देशभरका प्रशासनलाई निर्देशन दिएको हो ।
मिटरब्याज सम्बन्धी उजुरी, निवेदन र पीडितहरुका गुनासो तत्काल सुनुवाई गर्न जिल्ला प्रशासन कार्यालयहरुमा अधिकृत स्तरको कर्मचारीलाई जिम्मेवारी तोकी सो सम्बन्धी विषय हेर्ने सहजीकरण डेस्क समेत स्थापना गर्न र डेस्कमा खटिने कर्मचारीहरुको विवरण (नामथर पद, इमेल, सम्पर्क नं., मोबाइल नं. तथा अन्य सम्पर्कका माध्यमहरु) कार्यालयको वेबसाइटमा सार्वजनिक गर्न भनिएको छ ।
साथै मिटरब्याज सम्बन्धी पीडितहरुका गुनासो तत्काल सम्बोधन गर्न जिल्ला प्रशासन कार्यालय तथा अन्य निकायसँग समन्वय गर्ने गरी गृह मन्त्रालयमा शाखा अधिकृत चिरञ्जीवी जीएमलाई मन्त्रालयको सम्पर्क व्यक्ति तोकिएको प्रवक्ता नारायण प्रसाद भट्टराईले विज्ञप्ति मार्फत जानकारी दिएका छन् ।
मिटरब्याज सम्बन्धी गुनासो दर्ता गर्न सम्पर्क गर्न सकिने ठेगाना पनि सार्वजनिक गरिएको छ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...