सांसद गिरीको प्रश्न–दिपेश पक्राउ पर्दा गृहमन्त्रीलाई किन नपक्रिएको? – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

सांसद गिरीको प्रश्न–दिपेश पक्राउ पर्दा गृहमन्त्रीलाई किन नपक्रिएको?

काठमाडौं । सहकारी ठगी प्रकरणमा मुछिएको भन्दै नेपाली कांग्रेसका सांसद दीपक गिरीले गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरेका छन् । मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद गिरीले लामिछानेको राजीनामा माग गरेका हुन् ।

पोखराको सूर्यदर्शन सहकारीका पीडितहरूले माघ २२ गते बचतकर्ताहरूले राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने र माओवादी विद्यार्थी दीपेश पुन सहित १८ विरुद्ध उजुरी दिएको उनको भनाई छ ।

‘दीपेश पुन गिरफ्तार भए पनि रवि लामिछानेजीले अझै ठुलो पद पाउनु भएको छ,’ उनले भने, ‘पीडितहरूले गोर्खा मिडिया प्रा.लि लगायतलाई विपक्षी बनाएर सप्रमाण उजुरी दिएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो लामिछानेविरुद्ध अनुसन्धान नै सुरु गरेको उनको भनाई छ ।’

तत्कालीन गृहमन्त्रीले यस विषयमा अनुसन्धान निर्देशन दिए पनि सत्ता समीकरण बदलिएपछि अहिले जोविरुद्ध अनुसन्धान गर्नुपर्ने हो त्यही व्यक्ति गृहमन्त्री बनेको गिरीले आरोप लगाए । ‘जसरी पनि गृह मन्त्रालय नै चाहिन्छ भनेर सरकारमा सामेल हुनुले निष्पक्ष छानबिन प्रक्रियामा बाधा हुने देखिन्छ,’ उनले भने, ‘तसर्थ हामी उहाँको राजीनामा माग गर्दछौं ।’

उनले स्वार्थको द्वन्द्व हुने गरी प्रधानमन्त्रीले लामिछानेलाई किन गृहमन्त्री नियुक्त गरेको भन्दै प्रश्नसमेत गरे । उनले यस विषयमा प्रधानमन्त्रीले टेलिभिजनमा जवाफ दिएर नपुग्ने बताउँदै संसद्मा जवाफ दिनुपर्ने जिकिर गरे ।

सहकारी र लघुवित्त पीडितको कुरा आफूहरूले उठाउँदै आए पनि त्यसबारे गम्भीरतापूर्वक अझै सुनुवाइ नभएको उनको गुनासो थियो ।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० चैत्र ६, १३: १५

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८० चैत्र ६, १३: १५

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८० चैत्र ६, १३: १५

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...