
काठमाडौं । रूसी सेनामा भर्ती भई युक्रेनसँगको युद्धमा मारिएको आशंकामा रूसले १५ नेपाली परिवारसँग ‘डीएनए’ रिपोर्ट माग गरेको छ ।
उनीहरूको पहिचान यकिन गर्न अहिले डिएनए टेष्टको लागि स्याम्पल नेपाल ल्याइएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।
रूसी विदेश मन्त्रालयले मस्कोस्थित नेपाली दूतावासमार्फत मारिएको आशंका गरिएका १५ नेपालीको परिवारको डीएनए परीक्षणको रिपोर्ट मागेको हो ।
मस्कोस्थित नेपाली दूतावासले रूसी विदेश मन्त्रालयको उक्त पत्र परराष्ट्र मन्त्रालयमा पठाइसकेको छ । परराष्ट्रले सम्बन्धित परिवारलाई डीएनए परीक्षण गरी रिपोर्ट उपलब्ध गराउन भनेको छ ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...
काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...