
काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडलाई चैत मसान्तभित्र स्थानीय तहहरूमा विद्यालय तहको पाठ्यपुस्तक पुर्याउन निर्देशन दिएको छ ।
कक्षा ५ देखि १० सम्मको एक करोड ७५ लाख थान पुस्तक छपाईंको जिम्मेवारी पाएको केन्द्रलाई मन्त्रालयले २०८१ साल वैशाख २ गतेदेखि सुरू हुने नयाँ शैक्षिक सत्रका लागि विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुग्ने गरि व्यवस्था गर्न निर्देशन दिएको हो ।
कक्षा १ देखि ४ सम्मको पाठ्यपुस्तक छपाईंको जिम्मेवारी पाएको निजी क्षेत्रलाई पनि सोहीअनुरूप गर्न निर्देशन दिइएको छ ।
जनक शिक्षाका प्रबन्ध निर्देशक अनिलकुमार झाले केन्द्रले १६ लाख थान पाठ्यपुस्तक मात्र छपाइ गर्न बाँकी रहेको भन्दै छपाइ भएका पुस्तकको ढुवानी सुरू गरिसकेको जानकारी दिए ।
मन्त्रालयको निर्देशन आउनु अघिनै पाठ्यपुस्तक छपाईंको अन्तिम चरणमा पुगेको उनले बताए ।
छपाईं सकिएका पुस्तकहरू उपत्यकाबाहेक सातवटै प्रदेशमा रहेका वितरण केन्द्र एवं कार्यालयमा दैनिक ढुवानी गर्ने कार्य भइरहेको झाले बताए ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...
काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...