
काठमाडौं । आज नेपालले बहराइनसँगै घरेलु मैदानमा फिफा विश्वकपअन्तर्गत एसियाली क्षेत्रको दोस्रो चरणको छनोट खेल खेल्ने भएको छ ।
अहिले नेपाली टोली मलेसियाबाट विश्वकप छनोट खेल्न बहराइनमा पुगिसकेका छन् । खेल नेपाली समयअनुसार, राति १२ः४५ बजे सुरु हुनेछ ।नेपालले यसअघि विश्वकप छनोटको तयारीका क्रममा मलेसियासँग अभ्यास खेल खेलेको थियो ।
उक्त खेलमा नेपाली टोली १–५ गोलले पराजित भएको थियो । दोस्रो चरणको विश्वकप छनोटमा नेपाल र बहराइनबिच दुई खेल खेलिने छ ।एउटा खेल बहराइन र अर्को खेल नेपालको घरेलु मैदानमा खेलिनु पर्ने थियो ।
तर, दशरथ रङ्गशालाको अवस्था सन्तोषजनक नभएको देखाएपछि अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले दोस्रो खेल पनि बहराइनमै खेल्ने सहमति जनाएको हो । नेपाल र बहराइनबिचको दोस्रो खेल चैत १३ गते खेलिने भएको छ ।
विश्व फुटबल महासङ्घ (फिफा)को पछिल्लो वरीयतामा नेपालभन्दा बहराइन निकै नै अगाडि छ ।
पछिल्लो वरीयतामा बहराइन ८२औँ स्थानमा आसीन छ । नेपाल भने पछिल्लो फिफा वरीयताको एक सय ७५औँ स्थानमा छ ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...
काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...