
काठमाडौं । पोखरास्थित सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा बचत गरिएको रकम फिर्ता गर्ने व्यवस्था मिलाइदिन माग गर्दै पीडितहरुले विहीबार संसदको राज्यव्यवस्था तथा सुशासन समितिमा निवेदन दिएका छन्।
सूर्यदर्शन बचतपीडित संघर्ष समितिका तर्फबाट बिहीबार समितिका सभापति रामहरि खतिवडासमक्ष निवेदन दिइएको हो। उक्त सहकारीले १८ हजार सात सय बचतकर्ताको करिव एक अर्व ४० करोड रुपैयाँ निक्षेपकर्तालाई फिर्ता गर्नुपर्ने संघर्ष समितिले माग गरेको छ।
विगत दुई वर्षयता कसैले पनि बचत फिर्ता पाउन नसकेको भन्दै पीडितहरुले कानुनी प्रक्रियामा गएको आठ महिना बितिसक्दा पनि सहकारीका सञ्चालक गितेन्द्रबाबु (जीबी) राई पक्राउ नपरेको गुनासो गरेका छन्।
पीडितहरुले किटानी जाहेरी दिइएका मध्ये जीवराईसहित १४ जनालाई प्रहरीले पक्राउ नगरेको भन्दै उनलाई कसले लुकाएको छ? भनी प्रश्न गरेका छन्।
राईलाई पक्राउ गरी कानुनी कारबाही गर्न पीडितहरुले माग गरेका छन्। तर, पीडित भनिएका राईका साझेदार व्यक्ति रबी लामिछाने नै गृहमन्त्री भएपछि पीडितहरुले न्यायको आशामा तुसारापात लागेपछि यसरी संसदीय समिति गुहार्न पुगेका हुन्।
सहकारीको पैसा गोर्खा मिडिया कम्पनीअन्तर्गतको ग्यालेक्सी टेलिभिजनमा ३० करोड रुपैयाँ लगानी गरिएको देखिएको पीडितहरुले प्रमाण पेश गरेका छन्।
यस विषयमा आर्थिक, नैतिक र व्यावहारिक जिम्मेवारी लिई जवाफ दिनुपर्ने व्यक्तिहरू मौन बनेको भन्दै उनीहरूले आफूहरूले न्याय पाउनुपर्ने माग गरेका छन्।
पीडितहरुले १९ जनविरुद्ध किटानी जाहेरी दिइए पनि हालसम्म १४ जना पक्राउ पर्न नसकेका गुनासो गरेका छन्। माघ २२ गते पूरक जाहेरीमार्फत हालका उपप्रधानमन्त्री एवम् गृहमन्त्री तथा तत्कालीन गोर्खा मिडिया नेटवर्क प्राइभेट लिमिटेडका प्रबन्ध निर्देशक रवि लामिछानेमाथि पनि उजुरी दिइएको थियो । तर, प्रहरीले छानबिन गरेको छैन।
सूर्यदर्शन सहकारीमा लामिछानेको खाता नं. १०३९०००६६७५७ रहेको बचतपीडित संघर्ष समितिका संयोजक किरण श्रेष्ठले बताए। उक्त निवेदन बुझ्दै समितिका सभापति खतिवडाले राज्यले पीडितको समस्या समाधान गर्नु पर्ने बताए। उनले सरकारले पीडितका पक्षमा न्याय गर्ने विश्वास पनि व्यक्त गरे।
सांसद खतिवडाले गृहमन्त्री लामिछानेले नै पीडितको समस्या राज्यले समाधान गर्नुपर्ने भनेर बोलेको स्मरण गर्दै आफैँ सरकारमा भएका बेला समस्या समाधान गरिदिए राम्रो हुने प्रतिक्रिया दिए।
‘तपाईंहरूले प्रधानमन्त्रीलाई भेट्नुभएको छ । पीडितहरूको समस्या समाधान गर्नुपर्छ । मैले सुनेको थिएँ, वर्तमान गृहमन्त्रीले पनि केही पहिला राज्यले भए पनि पीडितहरूको समस्या समाधान गर्छौँ भनेर’, उनले भने, ‘राज्यको संयन्त्रमा उहाँ हुनुहुन्छ, त्यसरी समाधान गरिदिनुभयो भने राम्रो भयो । हामीले पनि सरकारलाई आग्रह गर्छौं। जुनसुकै सरकार भए पनि पीडितको पक्षमा न्याय गर्छ भन्ने विश्वास लिएका छौं।’
गोर्खा मिडिया कम्पनी अन्तगर्त ग्यालेक्सी टेलिभिजनमा हाम्रो तिसौँ करोड लगानी भएको र जहाँ अहिलेका गृहमन्त्री रबी लामिछाने पनि साझेदार थिए। सभापति खतिवडाले सो निवेदनउपर उपयुक्त समयमा समितिमा छलफल गराएर समस्या समाधानका निम्ति पहल गर्न सरकारलाई आग्रह गरिने बताए।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...