मधेशप्रदेशबाट बाहिरियो कांग्रेस – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

मधेशप्रदेशबाट बाहिरियो कांग्रेस

जनकपुरधाम । नेपाली कांग्रेसले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएर सरकारबाट औपचारिक रुपमा वाहिरिएको छ।

कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले प्रदेश प्रमुख सुमित्रा भण्डारीलाई शुक्रबार पत्र बुझाउँदै समर्थन फिर्ता लिएको जानकारी दिएका हुन्।

यादवले अब कांग्रेसले प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताए। सत्ता समीकरण बदलिएपछि मुख्यमन्त्री सरोज कुमार यादवले कांग्रेसका तीन मन्त्रीलाई राजिनामा दिन आग्रह गरेका थिए। तर, राजिनामा नदिएपछि तीनै मन्त्रीलाई पदमुक्त गरेका थिए।

कांग्रेसलाई सरकारबाट हटाएर मुख्यमन्त्री यादवले तीनै मन्त्रालय नेकपा एमालेलाई दिएका छन्। एमालेबाट सरोज कुमार यादव भौतिक पूर्वाधार विकास मन्त्रीका साथै गृह, संचार तथा कानून मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी सुम्पिएको छ।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० चैत्र ९, १९: ३८

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८० चैत्र ९, १९: ३८

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८० चैत्र ९, १९: ३८

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...