बंगलादेशका पारवहनमन्त्री चौधरी पूर्वी नाका हुँदै नेपाल भ्रमणमा – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

बंगलादेशका पारवहनमन्त्री चौधरी पूर्वी नाका हुँदै नेपाल भ्रमणमा

झापा । बंगलादेशका पारवहनमन्त्री खालिद महम्मद चौधरी पूर्वी नाका काँकडभिट्टा हुँदै शनिबार नेपाल भ्रमणमा आएका छन् ।

मेची भन्सार कार्यालयका प्रमुख रामप्रसाद रेग्मीका अनुसार, काठमाडौंमा शनिबारैदेखि आयोजना हुने नेपाल र बंगलादेशबीच मन्त्रिस्तरीय वार्तामा सहभागी हुन बंगलादेशी प्रतिनिधिमण्डलको नेतृत्व गर्दै पारवहनमन्त्री चौधरी काँकडभिट्टाको स्थलमार्ग हुँदै नेपाल आएका हुन् । सो अवसरमा उनले यहाँस्थित सुक्खा बन्दरगाहको अवलोकन गरे ।

मन्त्री चौधरीलाई मेची भन्सार कार्यालयका प्रमुख रेग्मी र काँकडभिट्टा सुक्खा बन्दरगाहका प्रमुख अम्बिका सुवेदीले नेपाल तथा बंगलादेशबीचको पारवहन मार्गको सञ्चालन, द्विदेशीय व्यापारलगायत विषयमा जानकारी गराएका थिए ।

मन्त्री चौधरी नेपाल–बंगलादेशबीचको स्थल पारवहन मार्गको बंगलादेशी नाका बंगलाबन्ध हुँदै भारत आएका थिए । नेपाल आउनुअघि उनले भुटानको फुन्चोलिङस्थित नवनिर्मित सुक्खा बन्दरगाहको पनि अवलोकन गरेको बताइएको छ ।

कोभिड–१९ महामारीका कारण भएको बन्दाबन्दीपश्चात् पूर्वी नाका काँकडभिट्टाबाट नेपाल प्रवेश गर्न चाहने भुटानीबाहेक तेस्रो मुलुकका नागरिकलाई भारतले प्रवेशाज्ञा अनुमति दिएको थिएन । चार वर्षयता पूर्वी नाका भएर नेपाल आउने उनी पहिलो बंगलादेशी उच्चस्तरीय पाहुना हुन् ।

मन्त्री चौधरीको नेतृत्वमा आएको नौ सदस्यीय प्रतिनिधिमण्डललाई मेची भन्सार कार्यालयका प्रमुख रेग्मी, बन्दरगाहकी प्रमुख सुवेदी, काठमाडौं स्थित बंगलादेशको दूतावासका उपप्रमुख इसरात जहानलगायत अधिकारीले स्वागत गरे ।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० चैत्र १०, १५: २५

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८० चैत्र १०, १५: २५

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८० चैत्र १०, १५: २५

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...