हाफ म्याराथनमा सन्तोषी र दीपक च्याम्पियन – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

हाफ म्याराथनमा सन्तोषी र दीपक च्याम्पियन

काठमाडौं । बागमती प्रदेशकी सन्तोषी श्रेष्ठ र त्रिभूवन आर्मी क्लबका दीपक अधिकारीले राइट टु प्रोटिन हाफ म्याराथनको उपाधि जितेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार सम्पन्न तेस्रो संस्करणको हाफ म्याराथनमा पुरूषतर्फ दीपक र महिलामा बागमतीकी सन्तोषी च्याम्पियन भएका हुन् ।

दीपक लगातार दोस्रो वर्ष च्याम्पियन भए । सन्तोषी भने पहिलो संस्करणकी च्याम्पियन हुन् । दशरथ रंगशालाबाट सुरू भएको हाफ म्याराथन भक्तपुरको राधेराधे पुगेर सोही रूटबाट फर्किएको थियो ।

दीपकले यो निर्धारित दुरी पूरा गर्न एक घण्टा सात मिनेट ३३ सेकेण्ड समय लगाए । एपिएफका गोपिचन्द्र पार्की ९ सेकेण्डले मात्र पछि रहँदा दोस्रो स्थानमा खुम्चिए । पार्कीले एक घण्टा सात मिनेट ४२ सेकेण्ड समय लगाएका थिए ।

पर्वतका तीर्थ पुन तेस्रो स्थानमा रहे । उनले एक घण्टा सात मिनेट ४३ सेकेन्डमा दुरी पूरा गरे ।

महिलामा च्याम्पियन सन्तोषीले एक घण्टा २० मिनेट १९ सेकेण्ड समय लगाइन् । नेपाल पुलिसकी राममाया बुढा दोस्रो र एपिएफकी पुष्पा भण्डारी तेस्रो भइन् ।

राममायाले एक घण्टा २१ मिनेट ५६ सेकेन्ड र पुष्पाले एक घण्टा २३ मिनेट दुई सेकेण्ड समय लगाइन् ।

महिला र पुरूष दुवैमा हाफ म्याराथन विजेताले एक लाख, दोस्रोले ७५ हजार, तेस्रोले ५० हजार, चौथोले ४० र पाँचौं स्थान प्राप्त गर्नेले ३० हजार रूपैयाँ पाए ।

१० किलोमिटर पुरूषतर्फ खुलामा आर्मीले वर्चस्व जमायो । आर्मीकी खेलाडीले पहिलोदेखि पाँचौं स्थानसम्म प्राप्त गरे । आर्मीका मुकेश पाल, सञ्जय श्रेष्ठ, गजेन्द्र राई, सुवाष कार्की र श्रीकाश राईले शीर्ष पाँच स्थान प्राप्त गरे ।

 

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० चैत्र १०, १५: ३५

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८० चैत्र १०, १५: ३५

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...

जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
  • २०८० चैत्र १०, १५: ३५

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...