धनकुटाको विपद व्यवस्थापन बैठक संसारी एरलाईन्स भित्र – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

धनकुटाको विपद व्यवस्थापन बैठक संसारी एरलाईन्स भित्र

धनकुटा । धनकुटा जिल्लाको विपद व्यवस्थापन समितिको बैठक धनकुटाको पाख्रिवास नगरपालिकाको पर्यटकीय स्थलको संसारी सिममार क्षेत्रको सनसारी एरलाईन्स भित्र विभिन्न निर्णयहरु गर्दै शुक्रबार सम्पन्न भयो ।

उक्त बैठकमा धनकुटा जिल्लाको पाख्रिवास नगरपालिकाका मेयर ज्ञान वहादुर गुरुग,सागुरीगढी गाउपालिकाका अध्यक्ष जितेन्द्र राई,चौविसे गाउपालिकाका अध्यक्ष राज कुमार चेम्जोग लगायतका जनप्रतिनिधिहरुले विपतलाई रोक्न र विपदबाट भएको क्षतीमा उद्धार र राहतका लागी सवैले सहयोग गर्नु पर्नेमा जोड दिए ।

धनकुटा जिल्ला विपद व्यवस्थापनम समितिका अध्यक्ष धनकुटा जिल्लाका प्रुमख जिल्ला अधिकारी पुण्य विक्रम पौडेलको अध्यक्षतमा सम्पन्न भएको जिल्ला विपद व्यवस्थापन समितिको बैठकमा भीम दल गणका कर्णेल सुमन थापा,नेपाली कांग्रेस धनकुटा जिल्लाका सचिव विजय सन्तोषी राई,नेकपा एमाले धनकुटका प्रतिनिधि सोभित निरौला,नेकपा माओवादी केन्द्र धनकुटाका सचिव ओम प्रकाश निरौला,रास्वपा धनकुटाका संयोजक बालान्द दाहाल,नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष नगेन्द्र राई,गैससका रेणुका कार्की लगायत संचारकर्मीहरु र धनकुटा जिल्ला विपत व्यवस्थापन समितिका सदस्यहरुले विपतबाट हुने क्षतीलाई रोक्नका लागी पूर्व तयारीका लागी सवैले जनस्तरम सम्मा जनचेतना जागृत गर्नु पर्नेमा जोड दिएका थिए ।

पाख्रिवास नगरपालिकाको व्यवस्थापनमा धनकुटा जिल्ला विपद व्यवस्थापन समितिको उक्त बैठक सम्पन्न भएको थियो ।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० चैत्र १०, १६: ०६

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८० चैत्र १०, १६: ०६

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...

जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
  • २०८० चैत्र १०, १६: ०६

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...