
दमौली। तनहुँको बन्दीपुर गाउँपालिका–१ स्थित चुँदीखोला अतिक्रमणको चपेटामा परेको छ । डुम्रे बजार नजिकै बगेको चुँदी खोलाको दायाँबायाँ अतिक्रमण गरी धमाधम संरचना निर्माण हुने क्रम बढेको छ ।
स्थानीयले दुवै तर्फबाट चुँदीखोला मिचेर साँघुरो बनाउँदै लगेका छन् । दशभन्दा बढी घरका पिल्लर खोलाबाटै उठाइएको छ । स्थानीयले आफ्नो जग्गासँगै जोडिएको खोला क्षेत्रमा ग्याबिन र पक्की पर्खाल लगाउँदा अर्को क्षेत्रतिर कटानको जोखिम बढेको छ । फोहोर पानी र ढलसमेत खोलामा मिसाउँदा खोला प्रदूषित बन्दै गएको छ ।
खोला किनारबाट बन्दीपुर गाउँपालिकातर्फ करिब १५ पक्की घर निर्माण गरी होटल तथा विभिन्न व्यवसाय सञ्चालन गरिएको छ । भानु नगरपालिकातर्फ पनि चुँदीखोला अतिक्रमण गर्ने क्रम बढेको छ । डुम्रेबजारतर्फ बजार विस्तार गर्ने ठाउँ सकिएपछि पारि भानु नगरपालिकातर्फ बस्ती विस्तार हुन थालेको छ ।
चुँदी खोलाबाट मापदण्ड विपरित पुरानो पर्खालभन्दा करिब सात(आठ फिट खोलातर्फ पक्की पर्खाल निर्माण गरिएको छ । स्थानीय सूर्यकुमार श्रेष्ठले करिब तीन रोपनी क्षेत्रफलमा चुँदी खोलाबाटै मापदण्ड विपरित पर्खाल लगाइरहेका छन् ।
भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले सार्वजनिक जग्गा मिचिएको पाइए कारवाही गरिने बताए। सार्वजनिक जग्गामा घर नबनाउन गाउँपालिकाले पटकपटक सूचना जारी गरे पनि अटेर गरी संरचना बनाउने क्रम नरोकिएको उनको भनाइ छ ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...
काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...