
काठमाडौं । हुम्लामा शनिबार जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
हुम्लाको दक्षिण भेगमा पर्ने अदानचुली गाउँपालिका–४ मा भएको जीप दुर्घटनामा परी दुई जनाको मृत्यु भएको हो ।
पाम्सा भन्ने स्थानमा भएको दुर्घटनामा ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक रवीन्द्र खनालले बताए ।
दुर्घटनामा परी ओदानचुली गाउँपालिका–५ का अन्दाजी ३५ वर्षीय फागुने लोहार र सोही वडाका १३ वर्षीय प्रवेश ऐडीको ज्यान गएको प्रहरी प्रमुख खनालले बताए ।
सु प ०१००१ नम्बरको बलेरो जीप दुर्घटना भएको हो । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...
काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...