
दाङ । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले नेपाली कांग्रेसलाई सत्तामा जान कुनै हतार नभएको बताएका छन्।
तुलसीपुरमा शनिबार आयोजित कार्यक्रममा पत्रकार सम्मेलनमा युवा नेता पौडेलले सत्तामा जानको निम्ति अप्राकृतिक प्रपञ्च गर्न जरुरी नभएको समेत बताए।
‘हामीले कसैलाई अस्वाभाविक रुपमा कुर्सी दिएर वा गतिविधिहरू गरेर सत्तामा जान कोसिस गर्ने छैनौं, गरेका पनि छैनौं’, उनले भने, ‘हामीलाई परिस्थितिले नै सत्तामा लैजान्छ। यो गठबन्धन आफैँ ढल्छ र अर्को बन्ने गठबन्धनमा कांग्रेस सत्तामा जान्छ। हामीलाई हतार छैन।’
उनले राजनीतिले गर्दा कहिले सत्तामा र कहिले विपक्षमा हुने भन्दै कांग्रेस प्रमुख प्रतिपक्ष दलका रुपमा संसद्मा प्रभावकारी र रचनात्मक भूमिका गरेर अगाडि बढ्ने बताए।
उनले संघ र प्रदेशमा प्रमुख प्रतिपक्षको भूमिकालाई कसरी प्रभावकारी बनाउन सकिन्छ भनेर केन्द्रित भएर आफूहरु अगाडि बढ्ने तयारीमा रहेको बताए।
माओवादीको बेइमानीका कारण तत्कालीन गठबन्धन तोडेको आरोप लगाउँदै उनले प्रधानमन्त्री प्रचण्डको बेइमानीका कारण गठबन्धन तोडिएको बताए।
रिपोटर्स क्लब दाङले आयोजना गरेको पत्रकार सम्मेलनमा आधा सिट भएको माओवादी पार्टीको नेतृत्वलाई प्रधानमन्त्रीका रुपमा स्वीकार गर्नु अचम्मको विषय भएको वताए।
प्रधानमन्त्री प्रचण्डले पहिलो पार्टीको समर्थन लिन नचाहेर कांग्रेससँगको गठबन्धन तोडेर अप्राकृतिक काम गरेको समेत उनको भनाइ थियो ।
उनले भने, ‘माओवादीको सशस्त्र युद्धमा नेपाली कांग्रेसमाथि भएको प्रहार र निशानाको विषयमा पार्टीमा पेचिलो र गम्भीर ढंगबाट उठेको महासमितिमा कुरा उठेको थियो।’
गृहमन्त्री रवि लामिछानेमाथि छानविन हुनु पर्नेमा गृह मन्त्रालयको नेतृत्व उनैले गरेको हुँदा छानविन राम्रोसँग हुनेमा आफूलाई शंका रहेको बताए।
उनीमाथि प्रश्न उठिरहेको अवस्थामा छानविन निष्पक्षता, स्वतन्त्र हुने सुनिश्चिताको माग कांग्रेसले गर्दै आइरहेको भन्दै युवा नेता पौडेलले राजीनामा दिने कि नदिने ब्यक्तिको नैतिकतासँग जोडिएको विषय भएको बताए।
राज्यको संरचनाले शक्तिशाली व्यक्तिमाथि छानविन गर्न नसक्ने भएकाले त्यसको लागि संसदीय छानविन आयोग बनाउनु पर्छ भनेर कांग्रेसले माग गरेको उनले बताए ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...