
काठमाडौं। मदिरा सेवन गरी कार चलाएर दुर्घटना गराएको आरोपमा प्रहरी नियन्त्रणमा रहेका टेलिभिजन रियालिटी शो ‘कमेडी च्याम्पियन’का निर्देशक विशाल भण्डारी रिहा भएका छन्।
उनले चलाएको कारमा सवार घाइतेका परिवारसँग कागज गराएपछि भण्डारी शनिबार साँझ उनलाई हाँजिरी जमानीमा हिरासतमुक्त भएको प्रहरीले जनाएको छ।
कारमा सवार कमेडियन सुशान्त बस्याल गम्भीर घाइते भई हाल आईसीयुमा उपचार गराई रहेका छन्।
निर्देशक भण्डारीले चलाएको बा–१–०२६ ०३५९ नम्बरको कार भक्तपुरको जगाती नजिकको सडकमा अनियन्त्रित भएर रोकिराखेको टिप्परसँग ठोक्किएर दुर्घटनामा परेको थियो।
नगरकोटबाट फर्किंदै गर्दा दुर्घटना भएको कारका घाइतेलाई मध्यपुर ठिमी अस्पतालमा लगिएको थियो।
कारमा निर्देशक भण्डारीसँगै पूजन अधिकारी, सुशान्त बस्याल, रजनीश अर्याल, प्रकृति गिरी र पवन भट्टराई सवार थिए।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...
काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...