एमालेले ईलाम –२ मा सुहाङ र बझाङमा दमनलाई उप निर्वाचनमा उम्मेदवार उठाउने – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

एमालेले ईलाम –२ मा सुहाङ र बझाङमा दमनलाई उप निर्वाचनमा उम्मेदवार उठाउने

काठमाडौं। नेकपा एमालेले आगामी वैशाख १५ गते हुने उप–निर्वाचनका लागि संघीय निर्वाचन क्षेत्र र प्रदेश निर्वाचन क्षेत्रमा आफ्नो दलबाट उम्मेदवार हुनेको नाम चयन गरेको छ।

एमाले केन्द्रीय कार्यालय च्यासले आईतबार बसेको सचिवालय बैठकले इलाम–२ मा सुहाङ नेम्वाङलाई र बझाङमा हुने प्रदेशसभा–१ को उपनिर्वाचनमा दमन भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।

आगामी बैशाख १५ गते उप निर्वाचन हुँदैछ। यसअघि इलाम जिल्ला कमिटी र प्रदेश कमिटीले इलाम–२ का लागि सुहाङसँगै नेताहरु बुद्धिराज खनाल, रवीन्द्र सुवेदी, नरेन्द्रनाथ भट्टराई, देवी क्षेत्री दुलाल र रिम्पल राई नाम पनि सिफारिस गरेको थियो।

एमाले संसदीय दलका उपनेता तथा पार्टी उपाध्यक्ष नेम्वाङ्को गत भदौ २५ गते निधन भएको थियो।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० चैत्र ११, १६: ५५

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८० चैत्र ११, १६: ५५

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८० चैत्र ११, १६: ५५

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...