
काठमाडौं। प्रधानमन्त्र पुष्पकमल दाहाल प्रचण्डले आफू नेतृत्वको २२ सदस्यीय मन्त्रिपरिषद्मा एक राज्यमन्त्री थपेर २३ सदस्यीय बनाएका छन्।
जनता समाजवादी पार्टी (जसपा) नेपालका सांसद दीपक कार्कीलाई प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बन तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हाल्ने गरी राज्यमन्त्रीमा नियुक्त गरेका हुन्।
वन तथा वातावरणमन्त्रीमा जसपाकै नवलकिशोर साह सुडी मन्त्री छन्। धनुषा क्षेत्र नम्वर –१ बाट निर्वाचित कार्की जसपाले थप एक राज्यमन्त्रीको कोटा पाएसँगै मन्त्रिपरिषद्मा सहभागी हुन पाएका हुन्। मन्त्रिमण्डललाई पूर्णता दिन अझै दुई सदस्य थप गर्न वाँकी छ।

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...