
धनकुटा । धनकुटामा रहेको मुख्य मन्त्रीको सम्पर्क कार्यालयमा पहिलो पटक कोशी प्रदेशको मन्त्रीपरिषद्को बैठक बस्ने भएको छ ।
चैत्र १३ गते मंगलवार वस्ने भएकोले स्वागत गर्न नेपाली कांग्रेस धनकुटाले सवै धनुकटा नगरवासी तथा जिल्लावासीहरुमा आज विज्ञप्ती प्रकाशित गरी अपिल गरेको छ ।
नेपाली कांग्रेस धनकुटाका सभापति दिनेश राई र जिल्ला सचिव विजय सन्तोषी राई ,जयन्द्र घिसिङ्गले संयूक्त रुपमा विज्ञप्ती प्रकाशित गरी अपिल गर्दै नेपाली कांग्रेसकोका नेता केदार कार्कीको नेतृत्वमा गठिन प्रदेश सरकारले धनकुटाको सम्पर्क कार्यालयमा पहिलो पटक मन्त्री परिषदको बैठक चैत्र १३ गते मगलवार वस्ने भएकोले सवै धनकुटा नगरवासी तथा जिल्लावासीहरुलाई भव्य रुपमा स्वागत गर्न अनुरोध गरेका छन् ।
२०७४ सालमा शेरधन राईको नेतृत्वमा गठन भएको सरकारले मुख्य मन्त्रीको सम्पर्क कार्यालय धनकुटामा उद्घाटन गरेता पनि यहाबाट कुनै काम पनि नभएको र मुख्य मन्त्रीहरु पनि नआउने गरेकोले यस कार्यालय नाम मात्रको रहेकोमा पछिल्लो नेपाली कांग्रेसका नेता केदार कार्कीको नेतृत्वमा गठित कोशी प्रदेश सरकारको बैठक महिनाको एक पटक धनकुटामा वस्ने नेपाली कांग्रेस धनकुटाले अनुरोध गरेकोले मन्त्री परिषदको बैठक वस्न लागेको हो ।
राणाकालको गैडा पञ्चायतमा पूर्वाञ्चल विकास क्षेत्रको केन्द्र, प्रजातन्त्रकालमा समेत विकास क्षेत्रको राजधानी भएको धनकुटा गाणतन्त्र आएपछी प्रदेशको राजधानी विराटनगर लगेपछि धनकुटा एक्कासी सक्दै गएको र धनकुटाको पहिचान र अस्तित्व समाप्त भएकोले धनकुटालाई पुर्नजिवित गर्न विशेष पहल गर्न नेपाली कांग्रेस धनकुटाले प्रदेश सरकारलाई धनकुटामा १ सय बेडका अस्पताल सहित शिक्षिण अस्पाल,पर्यटन क्षेत्रको केन्द्र बनाउने लगायका विभिन्न योजनाहरु संचालन गर्न अनुरोध गर्दै आएको नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राईले वताए ।
कोशी प्रदेशको पहिलो पटक धनकुटामा मन्त्री परिषदको बैठक वस्ने लागेकोले नेपाली कांग्रेस धनकुटाले सम्पूर्ण नगरवासिहरुलाई घर घरमा कलस तथा चौक चौकमा स्वागत व्यानर राख्न समेत उक्त अपिल मार्फत अनुरोध गरेको छ ।
कोशी प्रदेशको मन्त्री परिषदको बैठक वस्ने अघि चैत्र १३ गते १ बजे नेपाली कांग्रेस पार्टी कार्यालय धनकुटामा मुख्य मन्त्री केदार कार्की लगायत प्रदेशका मन्त्रीहरुलाई स्वागत तथा सम्मान कार्यक्रम हुने भएकोले सवैलाई उपस्थितिको लागी नेपाली कांग्रेसका सचिव विजय सन्तोषी राईले अनुरोध गरेका छन् ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...