एमाले कास्की अध्यक्षमा माधव र बैनबहादुरबीच प्रतिस्पर्धा – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

एमाले कास्की अध्यक्षमा माधव र बैनबहादुरबीच प्रतिस्पर्धा

पोखरा । नेकपा (एमाले) कास्कीको ११औँ जिल्ला अधिवेशनअन्तर्गत मंगलबार (आज) मतदान हुँदैछ ।

केन्द्रीय नेताद्वय पृथ्वीसुब्बा गुरुङ र खगराज अधिकारीका नाममा दुई समूह निर्वाचनमा होमिएका छन् । दिउँसो १ः३० बजेदेखि विद्युतीय मतदान गरिने पार्टीले जानकारी गराएको छ ।

अध्यक्षका निम्ति गुरुङ पक्षबाट माधव बास्तोला र अधिकारी समूहबाट बैनबहादुर क्षेत्री उमेदवार छन् । बिहान साढे ८ बजेदेखि उमेदवारको मनोनयनपत्र दर्ता थालिएको छ । दाबी, विरोधपछि दिउँसोदेखि मतदान सुरु गरिनेछ ।

एमाले कास्की जिल्ला सचिवका निम्ति पृथ्वीसुब्बा पक्षबाट सुरेन्द्र गुरुङ उमेदवार बन्ने भएका छन् । उपाध्यक्षमा शिव आचार्यले उमेदवारी दिने तयारी छ ।

यस्तै, खुला उपसचिवतर्फ श्रीराम पोखरेल र महिला उपसचिवमा राधिका योगी शाहीलाई उठाउने तयारी रहेको एक नेताले बताए ।

खगराज प्यानलबाट सचिवमा दर्शन लामा, उपाध्यक्षमा भेषराज बराल, खुला उपसचिवतर्फ लालबहादुर परियार र महिला उपसचिवमा सन्तु सुवेदीलाई उमेदवार बनाइएको एक नेताले जानकारी दिए ।

अधिवेशनबाट १२० सदस्यीय जिल्ला कमिटी निर्वाचित हुनेछ । अधिवेशनमा ९३५ प्रतिनिधि छन् ।

अध्यक्ष पदका निम्ति जिल्ला कमिटी सदस्य विवेक त्रिपाठीले पनि उमेदवारी दर्ता गराएको निर्वाचन कमिटीले जानकारी गराएको छ ।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० चैत्र १३, ११: ३४

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८० चैत्र १३, ११: ३४

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८० चैत्र १३, ११: ३४

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...