मुम्बई बन्यो एसियाकै धेरै अर्बपति बस्ने सहर – Naya Bikalpa
July 30, 2026, Thursday      Epaper

मुम्बई बन्यो एसियाकै धेरै अर्बपति बस्ने सहर

काठमाडौं । धेरै अर्बपति बस्ने सहरहरूको सूचीमा भारतको मुम्बईले छलाङ्ग मारेको छ । हुरुन रिसर्च इन्स्टिच्युटले जारी गरेको प्रतिवेदनअनुसार मुम्बई चीनको राजधानी बेइजिङलाई उछिन्दै एसियामा सबैभन्दा धेरै अर्बपति बस्ने सहर बनेको हो ।

यससँगै मुम्बई धेरै अर्बपतिहरू बस्ने विश्वकै तेस्रो सहरसमेत भएको छ । इन्स्टिच्युटको प्रतिवेदनअनुसार मुम्बईमा ९२ जना अर्बपति बस्छन् । गत वर्ष मुम्बईमा २६ जना नयाँ अर्बपति थपिएका छन् ।

यता, बेइजिङबाट भने १८ जना अर्बपति बाहिरिएका छन् । अहिले बेइजिङमा ९१ जना अर्बपति बस्छन् । विश्वको सबैभन्दा धेरै अर्बपति बस्ने सहर भने अमेरिकाको न्यूयोर्क रहेको छ । यहाँ ११९ जना अर्बपतिको बसोवास छ ।

दोस्रोमा बेलायतको राजधानी सहर लण्डन रहेको छ । लण्डनमा ९७ जना अर्बपतिको बसोवास रहेको छ । समग्रमा भारतमा २७१ अर्बपति छन् । सन् २०२३ मा भारतको अर्थतन्त्र ७.५ प्रतिशतले बढ्दा ९४ जना अर्बपति थपिएका छन्।

भारतको सबैभन्दा धनी भने मुकेश अम्बानी हुन् । उनीसँग ११५ अर्ब डलर सम्पत्ति छ भने दोस्रो स्थानमा रहेका अर्बपति गौतम अदानीसँग ८६ अर्ब डलर छ।

यता, सबैभन्दा धेरै अर्बपति हुने मुलुकमा भने चीन नै शीर्षस्थानमा कायम छ। त्यहाँ ८१४ अर्बपति छन् । तर, सन् २०२२ को तुलनामा १५५ जना अर्बपतिको संख्या घटेको छ। ६३ अर्ब डलरसहित चोङ सानसान चीनका सबैभन्दा धनी व्यक्ति बनेका छन्।

सन् २०२३ मा १०९ जना अर्बपति थपिएपछि अमेरिकासँग ८०० अर्बपति पुगेका छन्।

 

सम्बन्धित समाचार

सुनसरी घटनामा गोली लागेर घाइते भएका युवकको उपचारका क्रममा मृत्यु
सुनसरी घटनामा गोली लागेर घाइते भएका युवकको उपचारका क्रममा मृत्यु
  • २०८० चैत्र १३, १५: ५०

काठमाडौं : सुनसरीको देवानगन्ज गाउँपालिका-३, कप्तानगन्जमा आइतबार राति भएको झडप नियन्त्रणका क्रममा प्रहरीले चलाएको गोली लागेर घाइते भएका एक युवकको...

सिरहाको गोलबजार र धनुषाको जनकपुरमा कर्फ्यु आदेश जारी
सिरहाको गोलबजार र धनुषाको जनकपुरमा कर्फ्यु आदेश जारी
  • २०८० चैत्र १३, १५: ५०

जनकपुरधाम : जनकपुरमा बढ्दो तनाव र स्थिति नियन्त्रणबाहिर जाने जोखिमलाई मध्यनजर गर्दै धनुषा प्रशासनले अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ ।...

सुनसरी घटनाबारे प्रचण्डको प्रश्न- गोली चलाउनुपर्ने अवस्था थियो ?
सुनसरी घटनाबारे प्रचण्डको प्रश्न- गोली चलाउनुपर्ने अवस्था थियो ?
  • २०८० चैत्र १३, १५: ५०

काठमाडौं : नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारले अघि बढाएको संविधान संशोधन प्रक्रियामाथि गम्भीर प्रश्न उठाएका छन्। उनले...